काज सरुवा सजिलो बनाउँदै प्रहरी

काज सरुवा सजिलो बनाउँदै प्रहरी

काठमाडौं : अघिल्लो महिना प्रहरी जवान अमरसिंह रावलले जिल्ला प्रहरी कार्यालय सुर्खेत सरुवा मागे। सुर्खेतमै दरबन्दी रहेकी उनकी पत्नी लीला क्षेत्री ८ महिनाकी गर्भवती भएका कारण उनले सरुवा मागेका थिए। पहिलो सन्तान जन्माउन लागेका रावल दम्पतीको मागलाई प्रहरी प्रधान कार्यालयले नकार्न सकेन। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रावलको सरुवा सुर्खेतमै भयो।

प्रदेश २ मा रहेको दंगा नियन्त्रण गणमा कार्यरत प्रहरी जवान सोमकुमारी खड्काले गर्भवतीकै कारण देखाउँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा मागिन्। पति प्रहरी नायव निरीक्षक हेमन्त कार्की कार्यरत रानीपोखरीमा सरुवा मागेपछि प्रहरी मुख्यालयले स्वास्थ्य रिपोर्ट हेरेर सरुवा गरिदियो।

प्रहरी कार्यालय सहयोगी मधु नेपालीले सुर्खेतबाट कमलपोखरी वृत्तमा कार्यरत पति प्रहरी जवान सर्जन परियारसँगै बस्ने इच्छा राखेपछि कारण सोध्दा आठ महिनाको गर्भ देखाइन्। प्रहरी मुख्यालयले नेपालीलाई सुर्खतबाट वृत्त कमलपोखरीमै सरुवा गरिदियो।

रावल, खड्का र परियार दम्पती जस्तै पारिवारिक र स्वास्थ्य समस्या देखाएर पतिपत्नी सँगै बस्न पाउने निवेदन सरुवा समयमा प्रहरी मुख्यालयमा पटकपटक आइरहन्छ। मुख्यालयले मिल्नेसम्म विभागीय नीतिअनुसार दम्पतीलाई एकै ठाउँमा सरुवा गर्दै आएको छ। गत वैशाखदेखि हालसम्म ३५ जना दम्पतीलाई एकै ठाउँमा काम गर्न काज सरुवा गरिसकेको छ।

मुख्यालयले मिल्नेसम्म विभागीय नीतिअनुसार दम्पतीलाई एकै ठाउँमा सरुवा गर्दै आएको छ।

काज सरुवालाई व्यवस्थापन गर्ने सिलसिलामा ‘पतिपत्नी सँगै बस्न पाऊँ’ भनेर निवेदन परेपछि सकभर जुनियर प्रहरी अधिकृतको हकमा काजमा पठाउने गरेको कर्मचारी प्रशासन महाशाखाका एसपी चन्द्रकुवेर खापुङले बताए। आकस्मिक रूपमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्थामा आवश्यकताअनुसार काजमा खटाउनुपर्ने बाध्यता छ। प्राविधिक जनशक्तिको तत्कालै फेरबदल गर्नुपरेमा, प्रहरी कर्मचारीकै कारणले समस्य सृजना भएमा, स्वास्थ्यमा समस्या आएमा, सरुवा नै गर्न नसक्ने अवस्था मात्रै काज सरुवा गर्ने उनले जानकारी दिए।

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त हुनुअघि प्रहरीमा दुई हजार पाँच सयको हाराहारीमा काजमा कर्मचारी खटिएका थिए। अहिले नौ सय पाँच जना मात्रै काजमा छन्। त्यसमध्ये कम्प्युटर निर्देशनालय, लेखापाल, दम्पती, प्रहरी कार्यालय सहयोगी छन्। सुरक्षा महाशाखाबाट भीआईपीको अंगरक्षकमा सरुवा भएका, उच्च प्रहरी अधिकृतका चालक र अंगरक्षक सकभर एउटै राख्ने प्रवृत्तिले पनि काज सरुवा तत्कालै रोक्न समस्या आएको उनले बताए।

 

को कति काजमा ?       

दर्जा – संख्या

एसएसपी – ३

उपरीक्षक – २५

डीएसपी –२६

इन्सपेक्टर – १०२

सई – १४५

असई – २३०

हबल्दार – ७८

जवान – २७०

कार्यालय सहयोगी – २६


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.