वाल्मीकि क्याम्पसमा पहिलो दिन

वाल्मीकि क्याम्पसमा पहिलो दिन

सुदेश सत्याल

क्षेत्रीय कोटाले वाल्मीकि क्याम्पसमा पढ्ने रहरको ढोका खोलिदियो र आइपुगेँ बडेमानको सहर काठमाडौं। भोलिपल्ट आफ्ना कागजात बोकेर प्रदर्शनीमार्गको खोजीमा निस्किएँ, जहाँ बूढो रूखझैं हाँसिरहेको थियो राजधानीकै एकमात्र संस्कृत क्याम्पस वाल्मीकि। त्यहीँ नै मेरो वाल्मीकि क्याम्पसको पहिलो दिन थियो। जब गेटभित्र छिरँे, एउटा अस्तव्यस्त संगीत गुञ्जिरहेझंै लाग्यो। बेढंगका आवाज, मैलो लुगाजस्तो भवन, उध्रिएको गम्छाजस्तो चौर, प्वालैप्वाल परेका जामाजस्ता झ्याल, मक्किएका कागजजस्ता भित्ताहरू।

औपचारिक विद्यार्थीको लिप्सा बोकेर हानिएँ भर्नाका लागि। क्याम्पस चिफ त्यस दिन अनुपस्थित थिए। पूर्ववत अनौपचारिक कोटामै परियो। त्यसपछि पढ्ने कोठा कुन रहेछ भन्ने जिज्ञासाले कुत्कुत्यायो। भौतारिएँ सिंगो क्याम्पसभरि। पत्तो लाउन सकेन मेरो पुड्को दिमागले।

एक मनले सोचेँ, शास्त्री (स्नातक) दोस्रो वर्ष पढ्ने कोठा के यो क्याम्पसले थेग्न सकेन होला त ? अर्को मनले सोचँे, होला नि तर आँखा भएर पनि त देखिन्न। कहिलेकाहीँ सायद त्यस्तै भएर हो कि ? यसरी खुल्दुलीको रौनकता रुमल्लिइरहेको थियो मभित्र। चौरतर्फ आँखा हुत्याएँ।

थुप्रै अनुहार आआफ्नै छन्दमा मस्त देखिन्थे। के यी जति पनि देखिएका मुहारहरू छन्, ती सबै यहीँका विद्यार्थी हुन् ? यस्तै कौतूहलको ज्वारभाटामा ठोक्ँिकदै पुगेँ म पनि चौरतिर। माघ महिनाको घाम केको प्यारो नहोस् ! एकछिन टहलिएँ त्यही घाममा। सूर्यको तापमा मस्ती लिइरहेको थिएँ।

अचानक ‘ओहो सुदेश दाजु’ भन्दै सेनाको पल्टनझैं एक हूल ठिटाहरू आइपुगे। ‘कहिले हो दाजु यो राजधानीतिर ? तपाईं पनि वाल्मीकि पढ्न लाग्नु’भा हो र ? कहिले हो आजसम्म देखिएन त कतै ? ’ यस्तै प्रश्न तेर्सिए मप्रति। छोटकरीमा सबै बेलीबिस्तार लगाएँ।

यसो हेर्दा कोही लोकसेवाको किताब चपाइरहेका छन्, कोही राजनीतिक मैदानका रोनाल्डो जस्ता लाग्छन्, कोही जोडी हुनुको मजा लिने उत्तरआधुनिक मुनामदन जस्ता लाग्छन्, के यी सब यहीँका विद्यार्थी हुन् ? एउटाले भन्यो, ‘केको हुनु दाजु, यी सब हाम्रो कलेजभन्दा बाहिरका मान्छे हुन्।’

एक दुई दिन क्याम्पस गएपछि थाहा पाएँ— यो क्याम्पसमा फोन गरेर नबोलाई पढाउन आउने गुरु र नियमित पढ्न आउने विद्यार्थी दुवै डाइनोसरको हड्डीभन्दा दुर्लभ रहेछन्।

गेटभित्र छिर्नासाथ बजेको अस्तव्यस्त धुनको सार्थकता फेला पारेको महसुस गरेँ। लाग्यो, कहाँ सोचेजस्तो हुने रहेछ र संसार ! केटाहरूलाई सोधेँ, ‘हैन केटा हो, शास्त्री दोस्रो वर्षको पढाइ हुने कोठा कुन हो ? ’

एउटाले भन्यो, ‘हेर्नुस् दाजु जुन कोठा खाली हुन्छ त्यहीँ पढ्ने हो। कोठा खाली रहेनछ भने चौरमा पढ्ने।’

कुरा सुनेर मभित्र छुट्टै किसिमको तरंग पैदा भयो।

उसले थप्यो, ‘हेर्नुस् दाजु, पढ्न मन भए तपार्इंलाई पढाउने गुरुको नम्बर टिपेर लानुस्।’

बडो अचम्मित भएँ। किन ? ‘फोन नगरी कहाँ गुरुहरू पढाउन आउँछन् त यहाँ ? ’

म चकित भएँ।

ठिटाहरू ‘ल त दाजु भोलि भेटौंला’ भन्दै बाटो लागे।

गुरुकुलको एउटा नियमिततामा पढे–हुर्केको जिन्दगी। यो परिवेश त बिल्कुल बेछन्द हँुदो रहेछ। म यहाँ आएर कहीँ बेठीक त गरिनँ ? अन्तस्करणको कुनामा कतै धमिलो पर्दा टाँगिएझैं भयो। मन केही बिथोलिन थाल्यो। तर फेरि सोचेँ, पढ्नेहरूले रूखमुनि बसेर नि त पढ्छन्। पढ्नेलाई पन्चे–बाजा बजेकै ठाउँमा पनि त डिस्टर्ब हुन्न, पढ्ने नै मन भए अवश्य पढिन्छ। यस्तै गम्भीरतामा डुबिरहेको थिएँ।

एकजना साथीसँग अचानक फेरि भेट भयो। हाई हेल्लोपछि मैले उनलाई ‘पढाउने गुरुहरू पत्ता लाउनुथ्यो’ भनेँ। साथीले गम्भीर हुँदै भन्यो, ‘यो क्याम्पसमा नयाँ विद्यार्थीले गुरु पत्ता लाउनुजस्तो गाह्रो काम अरू के होला र ?’

म अलमलमा परेँ। त्यो साथी केही गुरुको नम्बर दिएर बिदा भयो। मैले नम्बर टिपेँे मोबाइलमा। एकदुई दिन क्याम्पस गएपछि थाहा पाएँ, यो क्याम्पसमा फोन गरेर नबोलाईकन पढाउन आउने गुरु र नियमित पढ्न आउने विद्यार्थी दुवै डाइनोसरको हड्डीभन्दा दुर्लभ रहेछन्।

यो संस्कृति अझै कायम छ। आज पनि सोचिरहेको छु, के यो तरिकाको अध्ययन–अध्यापनले संस्कृतजस्तो पवित्र र वैज्ञानिक शिक्षा मग्मगाउन सक्ला ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.