बैंक नहुँदा सेवाग्राहीलाई सास्ती
गमगढी : मुुगुुको मुुगुुम कामारोङ गाउँपालिकामा बैंक नहुुँदा सेवाग्राहीलाई सास्ती भएको छ। जिल्लाका चार स्थानीय निकायमध्ये छाँयानाथ रारा नगरपालिका र खत्याड सोरु गाउँपालिकामा बैंक स्थापना भए पनि पूर्वी क्षेत्रमा पर्ने अहिलेसम्म बैंक स्थापना नहुुँदा त्यहाँका सेवाग्राही समस्यामा परेका छन्।
सरकारले देशका सबै स्थानीय तहमा बैंक स्थापना गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको भए पनि मुुगुुका चार स्थानीय तहमध्ये मुुगुुम कामारोङमा अहिलेसम्म बैंक छैन।
छाँयानाथ रारा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र एनआई एसिया बैंक खत्याड गाउँपालिकाको माछापुुच्छ्रे र सोरु गाउँपालिकाम राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेका छन्। मुुगम कार्मारोङ गाउँपालिकाममा राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई शाखा सञ्चालन गर्न निर्देशन दिएको भए पनि अहिलेसम्म शाखा बिस्तार नहुुँदा बारोबारका लागि दुुई दिन हिँडेर सदरमुुकाम आउन बाध्यता छ।
आफ्नो गाउँपालिकामै बैंक स्थापन हुुने खबरले स्थानीयवासिन्दा हर्षित भएका थिए। दुई दिनसम्म हिँड्दा बाटोमा रहम लुटिने डर पनि छ। मुुगुुम कामाराङ गाउँपालिकाका उर्गिन तामाङ बैंक नहुँदा ठूलो समस्या भएको बताउँछन्। हरेक वर्ष जेठदेखि असारसम्म सोही गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बासंकलन गर्नेको ठूलो भीड नै लाग्छ।
यार्सा गुुम्बुु र जडीबुुटी तिब्बतका व्यापारीलाई बेचेर जम्मा गरेको लाखौं रकम जम्मा गर्न सदरमुुकाम गमगढी जानुपर्ने वाध्यता छ। राष्ट्रिय वाणिज्य बैंक मुुगुु शाखाका निमित्त प्रबन्धक प्रकाशचन्द्र भामले चालु आर्थिक वर्षभित्रै यहाँ शाखा स्थापना गर्ने जानकारी दिए।