प्रदेशका आन्तरिक मन्त्री पहिरो प्रभावित क्षेत्रमा
जाजरकोट : आठ जनाको ज्यान जाने गरी सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न आएका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पहिरोमा परि मृत्यु भएका परिवारलाई जनही एक लाख २५ हजारका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । उनले संघिय सरकारले एक लाख र प्रदेश सरकारले २५ हजार थपेर एक लाख २५ हजारका दरले राहत उपलब्ध गराउने बताएका छन् ।
जाजरकोटबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने साँसदहरु गणेशप्रसाद सिंह, कृष्णा शाह र कौशिलावती खत्री सहित आएका आन्तरिक मामिला मन्त्री भण्डारीले पहिरोले क्षति पुरयाएको क्षेत्रको स्थलगत निरीक्षण गदै संघिय सरकारले प्रति मृतक एक लाख र प्रदेश सरकारले प्रति मृतक २५ हजारका दरले राहत उपलब्ध गराउने बताए । उनले घर भत्किएपछि विस्थापित भएर बृद्धा श्रम केन्द्रको भवनमा आ श्रय लिएर बसेका पिडितहरुलाई प्रदेश सरकारले संरक्षण दिने बताए । अर्को ब्यवस्था नभए सम्मका लागी आवास ब्यवस्थापनका लागी प्रति परिवार १० हजार रुपैया र खाना खर्च उपलब्ध गराउन मन्त्री भण्डारीले स्थानिय प्रशासनलाई निर्देशन दिएका छन् ।
स्थानिय प्रशासनले किरिया खर्च वापत प्रति मृतक ३० हजार दिने निर्णय गरेको छ । आइतवार नै भेरी नगरपालिकाले किरिया खर्च बापत प्रति मृतक ३० हजार दिने निर्णय गरेको छ भने घाईते लालबहादुर लुहारलाई २० हजार प्रदान गरिसकेको छ । भेरी ३ ठाँटीमा आईतवार विहान गएको पहिरोले तिर्थराज बोहरा र गोपाल सुनारको घर पुर्दा मृत्यु भएका सात बालबालिका सहित आठै जनाको सोमवार दाहसंस्कार गरिएकोे छ । मन्त्री भण्डारीले पिडित परिवारलाई धैर्य गर्न आग्रह गदै प्राकृतिक विपत्तिले जाजरकोटमा ठुलो जनधनको क्षति भएको भन्दै दुःख ब्यक्त गरे । ‘गत बर्ष आफ्नो ९ बर्षिय छोरालाई नदीले बगाएर मृत्यु भएको घटना सुनाउँदै यस्तो विपद र दुःख जतिवेला जसलाई पनि पर्न सक्ने भएकोले तपाईहरु नआत्तिनोस प्रदेश सरकार साथमा छ । तपाईहरुको पिडामा थोरै भएपनि मलहम लगाउन यहाँ आएका हौ’उनले भने ‘सरकार तपाईहरुको साथमा छ ।’ उनले स्थानिय प्रशासनलाई जोखिममा रहेका बस्ती र परिवारलाई समयमै सरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् । साउन र भदौ महिना पहाडी क्षेत्र पहिरोको जोखिममा रहने भएकोले सर्तकता अपनाउन उनले सवैलाई अपील गरेका छन् ।
यसै विच कुशे गाँउपालिकाले पहिरोमा परि विस्थापित भएर बृद्धा श्रम केन्द्रमा बस्दै आएका पिडित परिवारलाई खाद्यन्न , कम्मल र त्रिपाल सहयोग गरेको उपाध्यक्ष रामछाया शाहीले बताईन । त्यस्तै जाजरकोट उद्योग बाणिज्य संघले पनि पिडित परिवारलाई नगद २० हजार रुपैया प्रदान गरेको छ ।
बेपत्ता भएका गोविन्द अझै भेटिएननपहिरोमा परि बेपत्ता भएका नलगाड ३ करुवाका १२ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् । आईतवार नभेटिएका गोविन्द सोमवार दिनभर खोजतलास गर्दा पनि भेटिन नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । आईतवार ८ ओटा सव निकाले पनि गोविन्द नभेटिएपछि सोमवार विहानै देखि नेपाली सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजी गरेपनि उनी नभेटिएको प्रहरी निरीक्षक सुनारले बताए । दिनभर करीब तीन सयको संख्यामा सुरक्षाकर्मी र स्थानिय परिचालन गरिएपनि पहिरोमा पुरिएको आशंका गरिएका गोविन्द फेला पर्न सकेका छैनन् । पानी नरोकिएको र पहिरो गएको ठाँउ हिलाम्य भएकोले उद्धारमा कठिनाई भएको उनले बताए । मंगलवार बेपत्ता गोविन्दको पुनः खोजी जारी रहने प्रहरीले जनाएको छ ।
शोकमा विद्यालय बन्द
पहिरोमा धेरै स्कुले बालबालिका परेकोले जिल्ला सदरमुकाम खलंंगाका निजी तथा सरकारी विद्यालयहरु सोमवार बन्द गरिएको छ । पहिरोमा परि सात बालबालिका सहित आठ जनाको मृत्यु भएको थियो । एक जना बालक अझै हराईरहेका छन् । घटनाको बारेमा बनमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश साँसदहरु गणेशप्रसाद सिह, करवीर शाही, कृष्णा शाह, कौशिलावति खत्री, भेरी नगरप्रमुख चन्द्रप्रकास घर्ती, वारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाह, कुशे गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेत लगायतले दुःख ब्यक्त गदै शोकाकुल परिवारजनमा धर्यधारण गर्न आग्रह गरेका छन् ।