प्रदेश राजधानीमा खुला शाैच : दुर्गन्धित बन्दै उपमहानगर

प्रदेश राजधानीमा खुला शाैच :  दुर्गन्धित बन्दै उपमहानगर

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित लालकिशोर साहले कार्यभार सम्हालेको भोलिपल्टै नगरक्षेत्रका विभिन्न मठमन्दिरमा आफैंले कुचो लगाउन सुरु गरेका थिए। उनीसँगै वडाध्यक्षहरू र विभिन्न ओहदाका कर्मचारीसमेत साता दिनसम्म सडक र मन्दिर सफाइ गर्दै गरेका भेटिएका थिए। नगरप्रमुख साहले स्वच्छता र सफाइ आफ्नो प्रमुख प्राथमिकतामा रहेको दाबीसमेत गर्थे, उनको कुचो लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो।

उनको सफाइ अभियान चलि रहँदा सोही बेला गठन भएको प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले समेत कुचो लगाउने कार्यलाई निरन्तरता दिए। प्रायः जानकी मन्दिर केन्द्रित यस्ता सफाइ अभियान अहिले आएर मात्र सस्तो लोकप्रियता बटुल्न केन्द्रित रहेको स्पष्ट भएको छ। स्वच्छता अभियानको नारा दिने प्रदेश र स्थानीय सरकारले हालसम्म प्रदेश राजधानीलाई स्वच्छ बनाउन कुनै पनि रणनीतिक योजना सार्वजनिक गर्न सकेका छैनन्। प्रदेश राजधानीसमेत खुला दिसामुक्त नहुँदा सर्वसाधारण खिन्न छन्।

यता उपमहानगरको आयोजनामा शनिबार बडो तामझामका साथ सुन्दर, स्वच्छ, समृद्ध जनकपुरधाम संकल्प अभियानको प्रारम्भ जानकी मन्दिरको प्रांगणबाट गरिएको थियो। सो कार्यक्रममा सहभागी नगरप्रमुख साहले जनकपुरलाई स्वच्छ र सफा बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका दिए। तर जानकी मन्दिरकै पश्चिम कुनामा खुला रूपमा सर्वसाधारणले दिसापिसाब गर्दा नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ। मन्दिरको उत्तरतर्फ गाडी पार्किङ गर्न खाली गराइएको पोखरीको डिलमा समेत साँझ–बिहान दिसापिसाब गर्नेहरूको लाम लाग्ने गर्छ।

उपमहानगरको मुख्य मानिने रामचोकको राम मन्दिरको पर्खालबाहिर उपमहानगर परिसरभित्र खुला रूपमा दिसापिसाब गर्ने निर्लज्जहरूलाई प्रवेश निषेध लेखिएको होर्डिङ बोर्डसमेत लगाइएको छ। तर त्यस बोर्डको तल दिनभरिमा सयौं सर्वसाधारण शौच गर्छन्।

खुला स्थानमा शौच गर्नु कसैको सोख नभई बाध्यता भएको स्थानीय शिव साह बताउँछन्। उनी भन्छन्, ‘रामचोकमा व्यवस्थित सार्वजनिक शौचालय छैन। यस्तोमा सर्वसाधारण वा बाहिरबाट आउने पर्यटकहरूलाई शौच गर्न निकै अप्ठ्यारो हुने गर्छ, खुला ठाउँमा शौच गर्न बाध्य छौं।’

उपमहानगरका २५ मध्ये मात्र तीन वटा वडा हालसम्म खुला दिसामुक्त घोषणा भएका छन्।

धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरमा प्रतिवर्ष लाखौंको संख्यामा श्रद्धालुहरू पूजापाठ तथा धर्मकर्मका लागि आउने गर्छन्। तर सार्वजनिक शौचालय अभाव र भएका शौचालयसमेत काम नलाग्ने हुँदा पर्यटक र नगरवासीले निकै सास्ती खेप्नु परेको छ।

उपमहानगरका २५ मध्ये मात्र तीन वटा वडा हालसम्म खुला दिसामुक्त घोषणा भएका छन्। उपमहानगर घोषणा हुँदा साविकका गाविसबाट आएका वडा नं २१, २२ र २३ मात्र खुला दिसामुक्त छन्। गाविस हुँदै यी तीन वडाका ३ हजार ७८ घरधुरी खुला दिसामुक्त घोषणा गरिएका हुन्। तर नगरपालिका हुँदो १६ मध्ये हालसम्म कुनै वडा खुला दिसामुक्त नरहेको वडा नं ५ की सचिव जमुना भुजेल बताउँछिन्। उनी भन्छिन्, ‘यसतर्फ खासै प्रयास भएको छैन। मात्र सडक र नालाको सफाइले नगरलाई स्वच्छ र सुन्दर बनाउने कल्पना गर्न सकिँदैन।

हालसम्म स्वच्छता र सफाइ अभियानका नाममा धार्मिकस्थलहरूमा ठूलाबडाले कुचो लगाउने वा फोहोर हटाउनेबाहेक ठोस काम हुन नसकेको वडा नं ४ का वडाध्यक्ष सुर्दशन सिंह बताउँछन्। उनी भन्छन्, ‘स्वच्छता र सफाइ अभियान मात्र देखासिकी र सस्तो लोकप्रियताका लागि गरिँदै आइएको छ। नगरमा सार्वजनिक शौचालयको व्यवस्थापनका लागि वाड अध्यक्षहरूसंग उपमहानगरपालिकाका मेयरले कुनै सल्लाह वा निर्देशन नदिएको सिंहले बताए। उनले भने, सरसफाई र स्वच्छता अभियानका लागि कति बजेट छुट्याईएको छ त्यसको जानकारी समेत हामीलाई छैन्।

नगरक्षेत्रमा हालसम्म मात्र दशवटा सार्वजनिक शौचालय रहेको र त्यसमध्ये अधिकांश काम नलाग्ने रहेका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.