सर्पले डसेकी किशोरीको झारफुक गर्दागर्दै मृत्यु
वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका-१० जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा मंगलबार बिहान मृत्यु भएको हो।
जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको हो। बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै जोड दिएपछि ८ बजे मृत्यु भएको पञ्चपुरी नगरपालिका-१० का वडा सदस्य नैनसिंह विकले जानकारी दिए।
बाढीपीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकलालाई बिहान शौचालय गएको बेला सर्पले डसेको थियो। उनी स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् । रासस
प्रतिक्रिया दिनुहोस !
५