अझै सयौं बालबालिका विद्यालयबाहिर

अझै सयौं बालबालिका विद्यालयबाहिर

बनेपा : शिक्षा विकास तथा समन्वय इकाई काभ्रेले जिल्लामा सातजना विद्यार्थी भर्ना हुनबाट छुटेको भन्ने गलत तथ्यांक दिएको खुलेको छ। राज्यको लाखौं रुपैयाँ भर्ना अभियानमा सकिएको भए पनि अझै थुप्रै बालबालिका विद्यालयभन्दा बाहिर रहेको पाइएको हो।

इकाईले जिल्लाको विकट महाभारत गाउँपालिकामा पाँच र रोशी गाउँपालिकामा दुई बालबालिकामात्र विद्यालय भर्ना हुन छुटेको तथ्यांक दिएको हो। जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधिले शिक्षा विकास तथा समन्वय इकाईले राम्रो काम देखाउनमात्र नाटक मञ्चन गरेको आरोप लगाएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाईले खानीखोला गाउँपालिकामा सबै विद्यार्थी भर्ना भएको देखाएको छ। गाउँपालिका प्रमुख कृष्णबहादुर खुलालले अझै ३० भन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको बताएका हुन्।

‘अझै बालबालिका विद्यालय बाहिर रहेको पाएको छु, मैले सम्बन्धित विद्यालयका प्रधानाध्यापकहहरुलाई ती बालबालिका विद्यालयमा चाँडो ल्याउन निर्देशन दिइसकें’,  उनले तथ्यांक कसरी जिल्लामा गएको आफूलाई थाहा नभएको बताए। 

भुम्लु गाउँपालिकामा पनि इकाईले विद्यालयबाहिर शुन्य विद्यार्थी रहेको बताए पनि १० भन्दामाथि विद्यार्थी विद्यालयबाहिर रहेको अध्यक्ष गुमानध्वज कुँवरले बताए। ‘भौगोलिक विकटता छ, सबै स्थानमा विद्यालय छैनन् त्यसलै पनि भर्ना हुन सकेनन्’, कुँवरले भने।

रोशी गाउँपालिका अध्यक्ष डीबी लामाले १२ प्रतिशतभन्दा बढी बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको बताए। ‘कसरी दुईजनामात्र बाहिर भन्ने तथ्यांक आयो मलाई थाहा भएन, मलै बुझ्दा १५ वर्षमुनिका बालबालिका १२ प्रतिशतभन्दा बढी विद्यालयबाहिर रहेका छन्’, उनले भने।

इकाईले तथ्यांकमा दुईजनामात्र विद्यालयबाहिर देखाएको छ। तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले पनि आफ्नो गाउँपालिकामा विद्यालय भर्ना हुन नआउने बालबालिका शिक्षाबाट वञ्चित रहेको बताए। ‘शतप्रतिशत नै विद्यालय आउँछन् भन्न सकिँदैन तर केही संख्या छ जुन न्यूनीकरण गर्न वडाध्यक्ष र सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छु’, उनले थपे।

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख डिकबहादुर राईले भर्ना अभियान सफल भएको दाबी गरे। ‘१३ वटै स्थानीय तहमा हामीले स्रोतव्यतिmमार्फत् असार मसान्तका तथ्यांक संकलन गरेका थियौं जसमा सातजनामात्र विद्यालय भर्ना अभियानमा छुटेका रहेछन्।’

अधिकांशबाट छुटेको भन्ने गुनासो आएपछि पुनः भर्ना अभियान चलाएको उनको भनाई छ। उनले भने ‘शतप्रतिशत भर्नाबारे आफूलाई शंका लागेकाले पुनः तथ्यांक लिन थालेका छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.