उद्योग मन्त्रीको आरोप : गलत काम गराएर निजीक्षेत्रले सरकारी कर्मचारी बिगारे
वीरगन्ज : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निजी क्षेत्रले सरकारी कर्मचारीहरुलाई बिगारिरहेको आरोप लगाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले वीरगन्जमा मङगलवार आयोजना गरेको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलामा बोल्दै मन्त्री यादवले आफ्ना गलत काम गराउन निजीक्षेत्रले सरकारी कर्मचारीलाई दुरुपयोग गरेको आरोप लगाए ।
‘निजीक्षेत्रले आफ्ना गलत काम गराउन हाम्रा कर्मचारीहरुलाई दुरुपयोग गरिहेका छन्’, उनले भने, ‘हाम्रा मन्त्रालयका कर्मचारीलाई बिगार्ने काम नगरिदिन म निजीक्षेत्रलाई आग्रह गर्छु । यदि तपाईँहरुलाई केहि समस्या छ भने हामी सामधान गर्न तयार छौँ ।’
केही उद्योगी व्यपारीले अरुको ट्रेडमार्क चोरी गरिरहेको भन्दै मन्त्री यादवले अब भने त्यसविरुद्ध ऐन कानुन बनाउने काम भइरहेकाले ट्रेडमार्क चार्न नपाइने बताए ।
निजी क्षेत्रलाई राज्यले दिने सेवा सुविधा अब एकद्वार प्रणालीबाट प्रदान गरिने भन्दै मन्त्री यादवले एउटै मालबस्तुमा दोहोरो तेहरो कर नलाग्ने दाबी गरे । निजी क्षेत्रले थोरै मात्र त्याग गरिदिए मुलुक छिटटै समृद्ध बन्ने उनको भनाइ थियो ।