टहरामा पुरिएर एकको मृत्यु

टहरामा पुरिएर एकको मृत्यु

बनेपा : काभ्रेको मण्डन देउपुर नगरपालिका–१० नारिखर्क स्थित बुधबार बिहान पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । 

सुतिरहेको अवस्थामा अविरल वर्षाका कारण टहरा माथिबाट आएको पहिरोले  १८ महिनाका दिपक तामाङ्गको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए । उनका अनुसार सुतिरहेको अवस्थामा मृतकका बाबु हेमबहादुर तामाङ र  आमा सीतामाया तामाङ बाहिर निस्किए पनि  छोरालाई समयमै  निकाल्न नसक्दा पुरिएर मृत्यु भएको जानकारी दिए । 

घरभन्दा सय मिटर माथिबाट आएको पहिरो र लेदोले तामाङको घर पुरिएको छ भने दुईवटा टिनको टहरा बगाएको प्रहरीले जनाएको छ । मृतकका बाबु हेम र आमा सीता भने सामान्य घाइते भएको छन् ।प्रहरीले मृतक बालकको शव निकालेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.