भेरीले सडक काट्दा जोखिम
दुनै : भेरी नदीले सय मिटर सडक कटान गरेपछि यात्रा गर्न जोखिम भएको छ । मगलबार बेलुका ५ बजेतिर सदरमुकाम दुनैको कालिका मन्दीर भन्दा ३ सय मिटर टाढाको सड्कमा हालिएको एक सय मिटर ग्याबिनतारको भेरिले बगाएपछि सड्क जोखिममा परेको हो ।
उर्लदो भेरिले ग्याबिनको तल्लोभागमा निरन्तर धक्का दिएपछि जाली ढ्लदा सड्क भत्कीएको स्थानीयहरु बताउछन । प्रत्यक्षदर्शि भरत खड्का अनुसार पानिको बहाव उच्च रहेकोले कम्जोर भागबाट भत्काउन थालेको थियो एकै पटक सयमिटर जाली सबै ढाल्यो ।
दुनै जुफाल र सू पानि संग जोड्ने यो सड्क सदरमुकामकै नजिक भेरिले कटान गरेपछि यात्रुहरु आत्तीएका छन । आन्तरीक रुपमा चल्ने जिपहरु समेत वारपार रोकिको जिप सञ्चालक भरत खड्गाले बताए । उनले भने जोखिम छ जम्मा साढे एक मिटर मात्र सड्क बाकी छ जिप गुढ्न सक्दैन । भेरिले सड्क कटान गरेपछि सदरमुकामबाट बाहिर जाने र सदरमुकाम आउने यात्रुलाइ समेत त्रसित बनाएको छ ।
भेरिले कटान गरेको सड्कमा जम्मा साढे एक मिटर मात्र जमिन बाँकी रहेको छ । त्यहि जमिन पनि राती सम्म सबै काट्न सक्ने र बिहान मानिसलाइ समेत यात्रा गर्न कठिन हुने सम्भाबना रहेको स्थानीयहरु बताछन । हाल मान्छेमात्र हिड्न मिल्ने सडक् बाकि रहेको छ ।
जिल्ला दैबिक प्रकोप ब्यवस्थापन समितिको मँगलबारनै बसेको आपतकालिन बैठकले बर्षा केहि दिन रहने र बर्षापछि नै ठुलो बिपत आउन सक्ने भन्दै सबै क्षेत्रमा सचेत रहन आग्रह गरेको छ । सोमबार मात्र प्रहरीले सजक रहन माईकिङ गरेर खतराको पूर्व सँकेत दिने साइरन समेत लगाइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
उलने भने सबैलाइ सकजक रहन आग्रह गरिएको छ हामीसंग उद्धारका सामाग्रीहरु कम छन जिल्लामा जेछन त्यहिबाट घटना घटेमा उद्धार गर्ने प्रयास गर्ने छौ ।