गाउँलेले भत्काइदिए खानेपानी आयोजना
दुनै : डोल्पाको त्रिपूरासुन्दरी नगरपालिका–२, रुमका स्थानीयले सोही वडामा पर्ने मद्धु गााउँमा निर्माण सम्पन्न हुन लागेको खानेपानी आयोजना भत्काइदिएका छन् ।
फर्नबोर्ड सस्थाले कुल २९ लाख १० हजार आठ सय रुपैयाको आर्थिक सहयोगमा निमार्ण भैरहेको मद्धु खानेपानी आयोजना यहि २० गते रुम गाउका स्थानीयले दिउसो भत्काइ दिएका हुन ।
रुमगाउका स्थानीयले दसईवटा ट्याङ्की भगनाबशेषमा परिनत गरिदिएका छन भने पाच सय मिटर पाइप निकालेर फालेका छन त्यसका साथै जिआइपाइप सबै निकालेर यत्रतत्र फालिएको निमार्ण उपभोक्ता समितिका अध्यक्ष रणबहादुर बुढाले जानकारी दिए । उनले भने पानीको ट्याङ्कीको घेराबार समेत फालिएको छ सबै तहसनहस पारिएका छन ।
रुम र मद्धु गाउको बिचमा बग्ने ठुलो खोलाको पानी परापूर्व काल देखि मिलेर खानेगरेको स्थानीयहरु बताउछन । तर पछिल्लो समय सिचाइको लागि पानीको मुहान एकै खोलाको गर्न नपाउने भन्दै बिबाद गरेर रुमका मानिसले निमार्ण भैरहेको आयोजना तोडफोड गरेको मद्धुका स्थानीयको आरोप रहेको छ ।
सिचाइको होस या खानेपानीको लागि भएपनि मद्धुका गाउलेवासीका लागि ४० प्रतिशत मात्र पानी दिने भन्ने अडान राखेपछि पानीको मुहानको कुरा नमिलेको स्थानयहरु बताउछन ।
घरघरमा खानेपानी पुग्ला भन्ने आसा बोकेका थियौ तर एकै पटक सबै काम शुन्य पारियो पानी पिउने आसा हरायो स्थानीय हिराचन्द्र बुढाले दुखेसो पोखे । यसरी सहमतिमा भएको आयोजनाको निमार्ण सम्मन्न हुने बेलामा आएर तडफोड गर्नेलाइ कारवाही हुनु पर्ने स्थानीयको माग रहेको छ ।
यो खानेपानीको मुहानको पहिलेनै बिबाद भएको र आवास्यक्ता हेरेर दुई गाउका ासिन्दाले प्रयोग गर्ने सर्तमा संयूक्त रुपमा महान दर्ता गरिएको रुमका तुलाचन्द्र बुढाले जानकारी दिए । उनले भने हाल राजनितिक शक्तिका आडमा धम्की दिदै सिहमति तोडेपछि भत्काइएको बताए ।
छलफलमा बारम्बार पहल गर्दापनि ठुला बने स्थानीय र निर्माण उपभोक्ता समितिहरु उल्टै बिभिन्न खाले धम्की दिएपछि आक्रोसित स्थानीयले तोडफोड गरेको बुढाको दाबी रहेको छ ।
फर्नबोड भन्ने सस्ंथाले २०७४ सालमा जिल्ला खानेपानी कार्यालय,जलस्रतो समिति,जिल्ला प्रशासन सहितको संयूक्त छलफलबाट अनुमति लगेर योजनाको सम्झौता गरेको मद्धुवासीहरु बताउछन । तर यता रुम बासि भने एकलौटि निर्णय गरेकोले तोडफोड गरेको दावी गर्दछन ।
एक समुदायले बनाएको खानेपानी आयेजना अर्को समुदायले भत्काए पछि प्रहरीले छानवीन तथा अनुगमन गरि घटनाको बिबरण सार्वजानिक गर्दा ५ लाख बराबरको क्षति भएको प्रहरी चौकि त्रिपूराकोटले जानकारी दिएको छ ।