सौरपानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स
गोरखा : प्रदेश सांसद प्रकासचन्द्र दवाडीले सौरपानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्। मंगलबार बारपाक सुलिकोट गाउँपालिका-४ को कार्यालयमा भएको कार्यक्रममा दवाडीले एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।
गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीकी प्रमुख अनिता पनेरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको सुवास अधिकारीले जानकारी दिए।
स्थानीय ईश्वर पनेरु संयोजक रहेको समितिले अर्थ संकलन गरेर एम्बुलेन्स खरिद गरेका थिए। एम्बुलेन्स खरिद गर्नका लागि सांसद दवाडीले ५० हजार रुपियाँ प्रदान गरेका थिए।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सांसद दवाडी, गाउँपालिकाका अध्यक्ष भट्ट, संयोजक पनेरु, दिनेश खनखवास, वीरबहादुर गुरुङ, लक्ष्मण न्यौपाने, मोहन ढकाललगायतले मन्तव्य राखेका थिए।