अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयमा ओलीको ब्रिफिङ

अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयमा ओलीको ब्रिफिङ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे अवगत गराएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहल र भूकम्पपछिको पुनःनिर्माणलगायत विकासका काममा थप सहकार्यका विषयमा अवगत गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टीको प्रदेश, जिल्ला र जनसंगठनस्तरका एकताका लागि तयारीबारे छलफल भए पनि बैठक पुनः चाँडै बस्ने गरी सकिएको छ। 

सचिवालयको दुई साताअघिको बैठकमा नेता श्रेष्ठले चिकित्सक डा. गोविन्द केसीको अनशनका विषयमा नेतृत्वसँगको असन्तुष्टिका कारण प्रवक्ताबाट राजीनामा दिएको बाहिर आए पनि त्यसबारे कार्यसूची बनाएर छलफल नभएको बुझिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.