वाइडबडी दिनभरि दिल्लीमा

वाइडबडी दिनभरि दिल्लीमा

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाज करिब ७ घण्टा भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकियो।

बुधबार दिउँसो सवा १२ बजे काठमाडौंबाट दिल्लीका लागि उडान भरेको जहाज प्राविधिक इन्जिनियरबीच समन्वय हुन नसक्दा विमानस्थलमै रोकिएको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए। जहाज काठमाडौबाटै ढिलो उडेको थियो।

उडान तालिका अनुसार दिउँसो १२:४० मा जहाज काठमाडौं आइपुग्नु पर्ने थियो तर जहाज बेलुका ७ बजे मात्र इन्दिरा गान्धी विमानस्थलबाट काठमाडौंका लागि उडान भर्‍यो। सामान्यतः जहाज उडान भर्नुभन्दा पहिले प्राविधिक इन्जिनियरले स्वीकृत गरेको हुनुपर्छ तर नेपाल एयरलाइन्सको प्राविधिक इन्जिनियर दिल्लीमा नहुँदा जहाज उडानका लागि स्वीकृत हुन सकेन।

कतिपय अवस्थामा पाइलटले पनि उडान स्वीकृत गरी उडाउन पाउँछन् भने कतिपय अवस्थामा ग्राउन्ड ह्यान्डलिङ लिएको कम्पनीको प्राविधिक इन्जिनियरको स्वीकृतिमा उडाउन पाइन्छ। नेवानिका कर्मचारी, पाइलट र इन्जिनियरबीच समन्वय हुन नसक्दा जहाज दिल्लीमा रोकिन पुगेको श्रेष्ठले बताए। उनले भने, ‘निगमले यसबाट पाठ सिक्नुपर्छ। आफ्नो कमजोरीलाई सुधार गर्दै लैजानु आवश्यक छ।’

वाइडबडी जहाजले यही साउन १६ बाट व्यावसायिक उडान सुरु गरेको हो। सुरुकै अवस्थामा उडानमा लापरवाही हुँदा नेवानिको व्यवसायमा असर पर्न सक्ने संकेत देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.