सुदूरको स्वास्थ्य सेवा : प्रयोगविहीन करोडौंका उपकरण

सुदूरको स्वास्थ्य सेवा : प्रयोगविहीन करोडौंका उपकरण

टीकापुर/ महेन्द्रनगर : कुनै अस्पतालमा भौतिक पूर्वाधार र उपकरण अभावमा बिरामीले उपचार नपाइरहेका बेला कैलालीको टीकापुर अस्पतालमा भने करोडौं मूल्य पर्ने उपकरण प्रयोगविहीन बनेका छन्। कोरियाली सहयोग नियोग (कोइका) मार्फत टीकापुर अस्पताललाई प्रदान गरिएका ४ करोड मूल्य पर्ने विभिन्न उपकरण प्रयोगविहीन भएका हुन्।

अस्पतालको स्तरवृद्धि गर्दै यस क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कोइकाले उपलब्ध गराएका उपकरण दक्ष जनशक्ति अभावमा प्रयोगविहीन बनेका हुन्। जनशक्तिकै अभावका कारण कोइकामार्फत झन्डै ५५ करोड लागतमा निर्माण गरिदिएको आईसीयू÷एनआईसीयू, प्रसूति भवन तथा अन्तरंग भवनसमेत सञ्चालन हुन सकेका छैनन्।

उक्त भवनको तत्कालीन क्षेत्रीय स्वास्थ्य निर्देशक डा. सुशीलनाथ प्याकुरेल र कोइकाका नेपाल प्रमुख डा. ह्यङयु किमले ०७३ चैत १३ गते एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। उद्घाटन गरिएकै डेढ वर्षसम्म उपकरणजडित उक्त भवन सञ्चालनमा नआउँदा त्यहाँ रहेका सुविधासम्पन्न उपकरण उपयोगविहीन भएका मेसु डाक्टर नरेन्द्र खनालले बताए।

अत्याधुनिक सो भवनमा ४ शड्ढयाको आईसीयू सेटअप गरिएको छ भने अन्तरंग भवनमा २६ शड्ढया र ३ वटा सुविधा सम्पन्न क्याबिनसमेत छन्। आवश्यक जनशक्ति अभावमा दातृ निकायले बनाइदिएको अत्याधुनिक भवन सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ।

‘यस क्षेत्रका जनताको स्वास्थ्य अवस्था अध्ययन गरेर कोइकाले टीकापुर अस्पतालमा यत्तिको लगानी गरेको हो तर जनशक्ति खटाउने जिम्मा त नेपाल सरकारको हो, जनशक्ति अभावकै कारण अत्याधुनिक आइसीयू कक्ष पनि बन्द अवस्थामा छ’, टीकापुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नरेन्द्रकुमार खनालले भने, ‘जनशक्ति अभावमा करोडौंका उपकरण प्रयोगविहीन हुँदा सर्वसाधारणले स्वास्थ्य सुविधाबाट वञ्चित हुनुपरेको छ।’

टीकापुर अस्पतालमा पेट र आन्द्राको घाउ हेर्न प्रयोग हुने झन्डै ५५ लाख रुपैयाँको इन्डोस्कोपी र कोलोनोस्कोपी मेसिन छ। चौबिसै घण्टा अपरेसन गर्न सकिने १४ लाख पर्ने अपरेसन टेबुल र लाइट सिस्टम छन्। ४५ लाख पर्ने अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन छ। त्यस्तै, ५ लाख पर्ने दुई वटा भेन्टिलेटर मेसिन छन्।

दक्ष जनशक्ति अभावमा यी उपकरण प्रयोगमा आउन सकेका छैनन् भने प्रयोगमा आएका मेसिनबाट समेत गुणस्तरीय सेवा बिरामीले पाउन नसकेको डाक्टर खनालले बताए।

कतिपय सर्पदंशका बिरामीलाई समेत भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था हुँदा तिनलाई पनि रेफर गर्नुपरेको अस्पतालले जनाएको छ। केही दिनअघि मात्रै सर्पदंशका बिरामीलाई टीकापुर अस्पतालले भेन्टिलेटरमा राख्नुपर्ने भन्दै कोहलपुर रेफर ग¥यो तर ती बिरामीको बाटैमा मृत्यु भयो।

टीकापुर अस्पतालमा दैनिक ३ सय हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। गत आर्थिक वर्षमा अस्पतालले ६० हजार बिरामीको उपचार गरेको थियो। टीकापुर अस्पतालमा १० जना कन्सल्टेन्ट डाक्टर, ५ जना स्टाफ नर्स र १० जना कार्यालय सहयोगीको दरबन्दी रिक्त छ।

महाकालीको अवस्था पनि उस्तै

प्रदेशको अर्को ठूलो महाकाली अञ्चल अस्पतालमा पनि आईसीयू कक्ष तयार भएको ३ वर्ष भयो। ४ बेडको आईसीयूका लागि आवश्यक सबै उपकरण जडान गरेर तयारी अवस्थामा राखिएको छ। तर, आईसीयू सेवा अझै सुचारु हुन सकेको छैन।

आईसीयू कक्षमा आवश्यक पर्ने २ वटा भेन्टिलेटर मेसिन जडान गरिएका छन्। तर, ती मेसिन डाक्टरको पर्खाइमा बसेका छन्। आईसीयू सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा सेवा सुचारु हुन सकेको छैन।

अस्पतालमा इन्डोस्कोपी मेसिन प्रयोग हुन छाडेको २ दशक हुन थाल्यो। महाकाली अञ्चल अस्पतालमा २ वटा भेन्टिलेटर, एनेस्थेसिया मेसिन, इन्डोस्कोपी, सीआर्म मेसिन, एक्सरे, डिजिटल एक्सरे, अल्ट्रासाउन्ड, पत्थरी र किड्नी चेक गर्नेलगायत थुपै मेसिन प्रयोगमा नआउँदा स्टोरमा थन्किएका छन्।

अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन हुन पुगेको निवर्तमान अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.