पुलले जोड्यो लमजुङ–मनाङ

पुलले जोड्यो लमजुङ–मनाङ

बेंसीसहर : मनाङ र लमजुङको सिमाना म्यार्दी खोलामा मोटरेबल पुल बनेपछि सवारीसाधन आउजाउमा सहज भएको छ । बेंसीसहर–चामे सडकमा पर्ने म्यार्दीखोलामा पुल नहुँदा बर्खाका बेला यातायातका साधन रोकिने गरेका थिए । यसअघि काठको अस्थायी पुल र फलामको ट्रस राखिए पनि बाढीले बगाएपछि गाडीहरू वारि लमजुङपट्टि नै रोकिन्थे ।

२ करोड रुपैयाँको लागतमा पुल निर्माण गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ । पुल निर्माण क्यारबाहन कन्सलटेन्सी कम्पनीले गरेको हो । गत आर्थिक वर्षमा सक्नुपर्ने पुल निर्माणमा ढिलाइ भएपछि लमजुङ र मनाङका प्रशासन कार्यालय र डिभिजन सडक कार्यालय दमौलीले निर्माण कम्पनीलाई दबाब दिएका थिए ।

पुल निर्माणपछि यातायात सञ्चालन र पैदल यात्राका लागि सजिलो भएको सवारीचालक नेत्रबहादुर गुरुङले बताए । ‘पुल नहुँदा खोलाले धेरै दुःख दिएको थियो । खोलामा गाडी अड्किएर धेरै दुःख पाइयो’, गुरुङले भने, ‘पुल बन्यो अब सजिलो हुने भयो ।’

स्थानीयको पहलमा जिल्ला विकास समिति मनाङको सहयोगमा काठको अस्थायी पुल बनाई सवारीसाधन आवतजावत हुँदै आएको थियो । अस्थायी काठको पुल एक वर्ष पनि नटिकेपछि सेनाले ट्रस राखेर पुल निर्माण गरेको थियो । ट्रसको बेलिब्रिज पनि ०७२ साल असार ३१ गतेको बाढीले बगाएपछि यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो ।

सडक डिभिजनसँग ०७५ असार मसान्तसम्ममा सम्पूर्ण काम सक्ने गरी सम्झौता गरेर पुलको ठेक्का लिएको क्यारबहान कन्सलटेन्सीले एक महिनापछि काम सम्पन्न गरेको हो । यस सडकखण्डमा पर्ने पिसाङ, तिमाङ सब्जे खोलामा अझै काम पूरा भएको छैन । लमजुङ र मनाङ जोड्ने मुख्य नाका नै म्यार्दी खोला भएकोले आफूहरूले यसलाई पहिलो प्राथमिकता दिएको कन्सलटेन्सीका इन्जिनियर नारायण लामाले बताए । उनका अनुसार भौगोलिक विकटताका कारण समयमा काम सम्पन्न गर्न कठिन भएको र सम्झौताभन्दा ढिला हुन पुगेको हो ।

तिमाङ, पिसाङ र स्यार्कु खोलाको पुल निर्माणको ठेक्का पनि क्यारबाहन कन्सलटेन्सीले नै लिएको छ । क्यारबहनले २२ करोडमा मनाङका ५ वटा खोलामा मोटरेबल पुल निर्माण गर्ने जिम्मा पाएको हो । सबै खोलामा ०७५ असार मसान्तसम्ममा काम सकाउने गरी कम्पनीले सम्झौता गरेको थियो ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर चन्द्र थकालीले भौगोलिक विकटताका कारण सम्झौताअनुसार समयमा काम हुन नसकेको बताए । ‘जाडोमा हिउँ परेर काम गर्न सकिन्न । बर्खामा पनि उस्तै समस्या हुन्छ’, थकालीले भने, ‘भौगोलिक कठिनाइका कारण पनि भनेको समयमा काम हुन सकेन ।’ बाँकी खोलामा ७० प्रतिशत काम पूरा भइसकेको र दसैं–तिहारको बीचमा सबै खोलामा पुल निर्माण सकिने उनले दाबी गरे ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.