उपचारमा लापरबाहीले मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार

उपचारमा लापरबाहीले मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार

जाजरकोट : रुकुमस्थित चौरजहारी अस्पतालमा उपचारमा भएको लापरवाहीले जाजरकोट कुदुकी एक महिलाको ज्यान गएको भन्दै उनको परिवारले शव बुझ्न अस्वीकार गरेको छ। मर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका १३ कुदुकी २८ वर्षिया यशुदा मल्ल आरसीको गलत सुई प्रयोगले ज्यान गएको परिवारको आरोप छ।

पत्थरीको उपचारको लागि आफै हिँडेर गत १७ गते अस्पताल गएकी यशुदाको चार दिनपछि आइतवार उपचारका क्रममा मृत्यु भएको थियो। मृतकका ससुरा टीकाराम आरसीले अस्पतालले गलत सुई लगाउँदा बुहारीको मृत्यु भएको आरोप लगाए। उनका अनुसार ९ ओटा सुई लगाईसकेपछि टाउको दुखेको र रिङ्गाटा लागेको भन्दै १० औ सुई लगाउन यशुदाले मानेकी थिइनन्।

स्वास्थ्यकर्मीले जर्वजस्ती सुई लगाइदिएपछि बेहोस भएकी यशुदालाई आईसीयुमा राखिएको थियो। तर अस्पतालमा उपचार संभव नभएको भन्दै हेलिकोप्टर झिकाएर सुविधा सम्पन्न अस्पतालमा लैजान अस्पताल प्रशासनले विरामीका आफन्तलाई खवर गर्‍यो। चार लाख ७५ हजार रुपैयाँ भाडा तिर्ने गरी आइतवार ५ बजेतिर हेलिकोप्टर चौरजहारीमा अवतरण भ पनि त्यसअघि नै अस्पतालले विरामीलाई मृत घोषणा गरेको थियो।

पाँच दिनदेखि अस्पतालमा राखिएको शव उचित व्यवस्थापन नहुँदा गन्हाउन थालेको छ। अस्पतालको उपचार सेवा समेत प्रभावित भएको छ।

अस्पताल प्रशासन र मृतकका परिवारबीच पटकपटक भएका वार्ता विफल भएका छन्। उनीहरूले उचित राहतको माग गरेका छन्। तर अस्पताल पक्षले आफूहरूका माग सम्बोधन गर्नु साटो प्रहरी लगाएर दमन गर्न खोजेको उनीहरूको आरोप छ।

मृतकका सात वर्ष र चार वर्षका दुई छोरी तगा दुई वर्षका छोरा छन्। उनीहरूको लालनपालन तथा पठनपाठनको  जिम्मा अस्पताल प्रशासनले लिनुपर्ने, हेलिकोप्टर भाडा तिर्नुपर्ने र उचित क्षतिपुर्ति सहित दोषीलाई कारवाही गर्नु पर्ने माग उनीहरूको छ।

अस्पतालका निर्देशक कपील शर्माले छानवीन समिती गठन गर्न दुवै पक्ष सहमत भएको बताए। ‘उपचारको क्रममा अस्पतालको लापरवाही छैन', उनले भने, 'बरु छानवीन समित गठन गरौँ, गलत भए जसले गलत गरको हो उसैलाई कारवाही गरौँला। त्यसपछि क्षतिपूर्तिको कुरा पनि आउला भनेर हामीले भन्यौँ तर उहाँहरु मान्नु भएको छैन।’

अस्पताल प्रमुख डा. कालेब बुढाले मृतकका परिवारले भनेजस्तो गलत सुईका कारणले मृत्यु नभएको दावी गरेका छन्। ‘उहाँ (विरामी ) को मिर्गौलामा इन्फेक्सन भएको थियो त्यसकै उपचारको लागि सुई दिइएको हो', उनले भने, 'बचाउन धेरै कोशिस गर्‍यौँ तर सकेनौँ। उपचारमा हाम्रो कुनै लापरवाही छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.