चाबहिल–जोरपाटी सडक अनुगमन : ७२ करोड सकियो, सास्ती उस्तै

चाबहिल–जोरपाटी सडक अनुगमन : ७२ करोड सकियो, सास्ती उस्तै

काठमाडौं : चाबहिल–जोरपाटी–साँखु सडकको बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । यो सडक निर्माण छिटो सक्न र २० दिनभित्रै सबै खाल्डा पुरी सहज रूपमा सवारी चल्नसक्ने बनाउन मन्त्री रघुवीर महासेठले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । पाँचवटा ठेकेदारले ७२ करोड रुपैयाँ खर्च गर्दा पनि सडकमा स्थानीयको सास्ती भने अझै उस्तै छ । तीन वर्षदेखिको सास्ती अझै कम नभएको यो सडकको निर्माण अवधि सकिँदासम्म न्यून प्रगति र सडक विस्तारमा सरकारी वेवास्ताका कारण यो सडकको यात्रा कष्टकर बनेको छ ।

चाबहिलदेखि जोरपाटी हुँदै साँखुसम्म पुग्ने यो सडकको दूरी जम्मा १२ दशमल ४ किलोमिटर मात्रै छ । दुईदेखि साढे दुई वर्ष अगाडि नै निर्माण सम्पन्न गर्ने गरी पाँचवटा प्याकेज बनाएर लागेको ठेक्का निर्माण समय सकिँदासम्म जम्मा ३१ प्रतिशत भौतिक प्रगति भएको छ । कुल ठेक्का रकमको ४२ प्रतिशतमात्र खर्च भएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले छिटो काम सक्न पाँचवटा प्याकेजमा ठेक्का लगाएको भए पनि निर्धारित समयमा सन्तोषजनक प्रगति भएको छैन । त्यसैले आयोजनाले चालु आवदेखि एक वर्षको समय थप गरेको छ । यो सडकको पाँचवटा प्योकजमध्ये चारवटाको समय गत असारमै सकिएको छ । निर्माण अवधिमा आधा पनि काम नहुनु, स्थानीयको संगठित विरोध, अदालतको आदेशले निर्माणमा रोकिनुलगायत कारण बाध्य भएर एक वर्षको समय थपिएको आयोजनका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले बिहीबार अन्नपूर्णसँग बताए ।

उनले भने, ‘यो सडकको भौतिक प्रगति न्यून देखिएको छ । १५ देखि ४० प्रतिशसम्म मात्रै प्रगति भएको यी सडकको औसतमा ३१ प्रतिशत प्रगति भएको छ । आयोजनाले एक अर्ब ७३ करोड ५४ हजार रुपैयाँमा ठेक्का लगाएको यो सडकमा हालसम्म ७२ करोड ७० लाख रुपैयाँ खर्च भइसकेको छ ।

आयोजनाले सडकको राइट अफ वे क्लियर नभएको (सडक किनारका अवरोध नहटेको), सडक विस्तार गर्दा १ देखि २ मिटरसम्म भत्काउनुपर्ने घर तथा पेटी स्थानीयले भत्काउन नदिएको, ढल, बिजुलीको पोल, अदालतको आदेश, रुखलगायत अवरोध नहटेकाले सडक विस्तार गर्न नसकिएको स्वीकार गरेको छ । यो क्षेत्रमा पाँचवटा ठेकेदारले काम गरिरहेको भए पनि पानी पर्दा हिलो, घाम लाग्दा घुलो र सवारी चाप हुँदा जाम हुने समस्या भने जस्ताको तस्तै छ । ००००० राति नै पुरियो खाल्डो

मन्त्रीको अनुगमन हुने थाहा पाएर बुधबार राति नै ठेकेदारले माटोले खाल्डा पुरेका थिए । बिहीबार पानी नपरेकाले बाटो सहजै हिड्न सक्ने मात्रै भएको मन्त्रीसँग स्थानीयले गुनासो गरेका छन् । बाटोको वास्तविक अवस्थामा थाहा पाउन पानी परेको दिन अनुगमनमा आउन स्थानीयले मन्त्रीसँग अनुरोध गरेका छन् ।

मन्त्री महासेठले यो बाटोमा स्थानीयले भोगेको समस्या समाधान हुने र अब जति साइट क्लियर छ त्यति नै ठाउँमा कालोपत्रे गरिने जानकारी दिए । मन्त्री महासेठका अनुसार सरकारले चाबहिलदेखि जोरपाटी हुँदै साँखुसम्मको सडक र नागढुंगा कलंकी सडकलाई यथास्थितिमै कालोपत्रे गर्न सरकारले निर्देशन दिएको छ । अब, ठेकेदार कम्पनीले जहाँ जति साइट क्लियर छ, ती ठाउँमा राम्रोसँग काम गरेर स्थानीयले भोग्दै आएको खाल्डाखुल्डी र धुवाधुलोको सास्तीबाट मुक्ति दिने बताए ।

मन्त्रीको टोलिसँगै अनुमनमा गएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आगामी १५ दिनभित्रै यो सडकमा खाल्डाखुल्डी नदेखिने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । नेपालले १५ दिनपछि फेरि यो सडकको अवस्था र पछिल्लो प्रगतिको अनुगमन हुने पनि बताए । स्थानीयले भने यो सडक महानगरभित्र भएर पनि महानर भएको र राजमार्ग नभएर कालमार्ग भएका प्रतिक्रिया दिएका छन् । ठेकेदार कम्पनीले भने साइट क्लियर नभएको र स्थानीयको विरोध भएर काम गर्न नपाएको दाबी गरेका छन् । यो सडक विस्तारमा कुनै अवरोध नआउने हो भने तीन महिनामा सडक पूरै कालोपत्रे हुने दाबी ठेकेदार कम्पनीको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.