पशुु बाहनदेखि विद्युतीय सवारीसम्म

पशुु बाहनदेखि विद्युतीय सवारीसम्म

 काठमाडौं : एक समय थियो – मानिसले गाडीका बारेमा कल्पना पनि गर्न सक्दैनथे। हिँडडुल गर्नका लागि उनीहरूसँग खुट्टा मात्रै एउटा विकल्प थियो। रमाइलो के भने जहाँसुकै जान पनि पैदल हिड्नुपथ्र्याे वा पशु (घोडा, हात्ती) को सहारा लिनुपथ्र्याे। हाम्रा शताब्दीऔं पुराना धार्मिक ग्रन्थहरूमा मानिसहरूले पशुलाई बाहनको रूपमा प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँमा जाने गरेको उल्लेख छ।

समय बदलियो। सारा विश्वले नै विज्ञान प्रविधिमा फड्को मारेको अवस्थामा एक से एक वस्तु हाम्रा आवश्यकताअनुसार उपलब्ध छन्। वर्तमान अवस्थामा छोटो होस् वा लामो दुरीका लागि मानिस सवारीसाधनमा निर्भर छ। तर कतिपय आफूले उपयोग गरिरहेको साधनको इतिहासमा भने बेखर छन्। इतिहास हेर्ने हो भने विश्वमा पहिलो सवारीको प्रयोग १८औं शताब्दीमा गरिएको थियो।

सन् १७०५ मा चर्चित वैज्ञानिक जेम्स वाटले वाष्प इन्जिनको आविष्कार गरे। त्यसपछि ऊर्जाद्वारा सञ्चालनमा आउने पारवहन निर्माण कार्य तीव्र बन्यो। यद्यपि विश्वकै पहिलो मोटर कार निर्माण भने सन् १७६९ मा फ्रान्सेली नागरिक निकोलस जोसेफ कुगनोटले गरेका थिए। उनले बनाएको तीनपांग्रे कारलाई पहिलो कार मानिएको छ।

सबैभन्दा पहिला जर्मनीमा सन् १८७८ मा गोटलिब डेमलर र कार्ल बेन्जले मोटर कार उद्योगको जग निर्माण गरेका थिए। सन् १८८५ मा पेट्रोलबाट चल्ने इन्जिनको आविष्कार भयो। सन् १८८६ मा डेमलर केद्वारा मोटरबाट सञ्चालन हुने कार निर्माण भएको थियो।

पछिल्लो समय विश्वका सबैजसो सवारी उत्पादक कम्पनीले अर्बौं डलर विद्युतीय सवारी उत्पादन तथा त्यसमा प्रयोग हुने ब्याट्री प्रविधिको लागत कम गराउन लागिरहेका छन्।

सन् १८९० मा फ्रान्सका दुई नागरिक लेब्सर र प्यानहार्डले डेमलर इन्जिनबाट चल्ने मोटर बाहनको निर्माण कार्य सुरु गरेका थिए। चाल्र्स डुरेया जो एक अमेरिकी नागरिक थिए उनले १८९३ मा पेट्रोल इन्जिनबाट चल्ने मोटर कार बनाएका थिए। सन् १८९८ मा मोटर निर्माण कम्पनीहरूको संख्या अमेरिकामा लगभग ५० हाराहारी पुगेको थियो। सन् १९०८ आसपास आइपुग्दा मोटर कार निर्माता कम्पनीहरूको संख्यामा निकै ठूलो वृद्धि भयो। त्यसको संख्या २४० भन्दा बढी नाघ्यो।

विश्वभरमा सबैभन्दा पहिले १८औंं शताब्दीको अन्तिममा पांग्राको प्रयोग गरिएको बताइन्छ। जबकि सन् १७६९ मै विश्वको सबैभन्दा पहिलो मोटर कार निर्माण भएको थियो।

नेपालमा पहिलो कार

सन् १९५६ मा नेपालमा राजधानी काठमाडौं जोडिने पहिलो राजमार्ग बनेपछि कारको कथा सुरु हुन्छ। राणाहरू कारका सौखिन भए पनि यहाँसम्म गुडाएर ल्याउने बाटो थिएन। नेपालमा पहिलोपटक कारलाई भरिया बोकाएर ल्याइएको थियो।

तत्कालीन शासकले भरियाका काँधमा मोटर चढाएर ल्याएका थिए। राणाहरूले मर्सिडिज र फोर्ड कम्पनीका लग्जरी कार मात्र भरियालाई बोकाएर ल्याएका थिएनन् त्यसका लागि चाहिने इन्धनको भारी पनि थोपार्थे। भारतबाट पहाडी बाटो हुँदै काठमाडौंमा गाडी भित्र्याइन्थ्यो।

त्यतिखेर विश्वबाट एकदमै टाढा रहेको भूपरिवेष्टित नेपाल आधुनिक यातायातबाट धेरै नै पछि थियो। लग्जरी कारप्रति राणाको असाध्यै मोह थियो। सन् १९३९ मा हिटलरले जुद्धशम्शेर राणालाई मर्सिडिज बेन्ज उपहार नै पठाएको इतिहासमा उल्लेख छ। दोस्रो विश्वयुद्धमा गोर्खालीलाई टाढै राख्न हिटलरले यस्तो महँगो उपहार पठाएका थिए।

बाँसमा कारलाई बाँधेर ६३ जना भरिया कार्गोको रूपमा काँधमा बोक्न तयार हुन्थे र बोकेर ल्याएका थिए।

यसरी कारलाई काँधमा बोकेर हिड्ने दिन त्रिभुवन राजमार्ग बनेपछि रोकियो। सडक काठमाडौंसम्मै जोडियो। भारतीय सीमा नजिकैको वीरगञ्जबाट काठमाडौंसम्म सडकमार्ग बन्यो।

जीवनशैलीसँगै बढ्यो सोख

विश्व बजारमै कारप्रतिको मोह असाध्यै बढेको छ। मानिसको फेरिदो जीवनशैली र क्रय क्षमतामा आएको वृद्धि यसको प्रमुख कारण रहेको गाडी व्यवसायी बताउँछन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भु दाहालले नेपाली बजारमा वार्षिक २० प्रतिशतका दरले सवारीको प्रयोग बढिरहेको जानकारी दिए। जीवनशैलीमा आएको परिवर्तन नै यसको मुख्य कारण रहेको उनको भनाइ छ। सौखिन वर्गका उपभोक्ता कारप्रति आकर्षित रहेको उनले बताए।

उनी भन्छन्, ‘आधारभूत आवश्यकताभन्दा बढी चाहने उपभोक्तामा गाडीको मोह जाग्नु स्वाभाविक हो। धेरै नेपालीको जीवनस्तरमा पनि थोरै परिवर्तन आएको महसुस गाडी बिक्रीको तथ्यांकले देखाउँछ।’

चाप बढ्यो, फेरियो सोच

मानिसको सोख तथा आवश्यकताका आधारमा विश्वभर सवारीसाधनको प्रयोग बढ्दो छ। तर, सवारीसाधनबाट निस्कने धुँवाबाट हुने प्रदूषणले विश्वभर चिन्ता र चासो बढाएको छ। तापमान बढ्नुको मुख्य कारक वायु प्रदूषणलाई नै मानिएको छ।

यसका लागि के गर्न सकिन्छ भन्नेबारे विश्वभर छलफल र बहस जारी छ। वायु प्रदूषणको प्रमुख कारण डिजेल–पेट्रोल–ग्यासबाट चल्ने सवारीले फाल्ने धुवाँ हो। यस्ता सवारीको विकल्प विद्युतीय सवारी हो।

भविष्यमा ग्यासोलिन तथा विद्युत्बाट चल्ने गाडीले पेट्रोल÷डिलेजबाट चल्ने गाडीलाई विस्थापित गर्ने सम्भावना बढेको दाहालले बताए। उनले भने, ‘डिजेल–पेट्रोल–ग्यासबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापित गराउन विश्वका विभिन्न देशहरूले कार्ययोजना ल्याई प्रतिबद्धता जनाइरहेका छन्। कतिपय देशहरूले समयसीमा नै तोक्न थालेका छन्।’

बृहत् शून्य–प्रदूषण परियोजनाकै रूपमा विश्वव्यापी रूपमा कार्यान्वयन गराउन देशहरू सक्रिय छन्। यसका लागि विश्वव्यापी रूपमा विद्युतीय सवारीको उपलब्धता आवश्यक रहेको छ। पछिल्लो समय विश्वका सबैजसो सवारी उत्पादक कम्पनीले अर्बौं डलर विद्युतीय सवारी उत्पादन तथा त्यसमा प्रयोग हुने ब्याट्री प्रविधिको लागत कम गराउन लागिरहेका छन्।

त्यस्तै विभिन्न देशहरूले निश्चित समयसीमा तोकेर आफ्नो देशका सडकमा विद्युतीय सवारीमात्र सञ्चालन गर्न पाइने उल्लेख गरेका छन्। विद्युतीय सवारीमात्र सञ्चालन गर्न समयसीमा तोकेर केही मुलुकले कार्ययोजना नै अगाडि ल्याएका छन्।

बेलायत

बेलायतले सन् २०४० देखि नयाँ ग्यासोलाइन तथा डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। देशको वायु प्रदूषणमा भएको वृद्धिलाई नियन्त्रण गर्न यस्तो निर्णयमा पुगेको यूकेले उल्लेख गरेको छ। त्यस्तै सन् २०५० सम्म बेलायतले देशको सडकलाई शून्य–प्रदूषण क्षेत्र हुने जनाएको छ।

चीन

चीन सरकारले सन् २०३० सम्ममा सवारीसाधनबाट हुने कार्बन प्रदूषण नियन्त्रण गर्ने दाबी गरेको छ। तथापि चीनले देशमा रहेका सवारी उत्पादक कम्पनीहरूलाई फोसिल फ्युलबाट चल्ने सवारी बिक्री गर्न नपाइने मिति भने तय गरिसकेको छैन। तर चीन सरकार नियामक निकायसँग पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको बिक्री कहिलेदेखि रोक्ने भनेर समयसीमा तोक्ने गृहकार्य गरिरहेको छ।

स्कटल्यान्ड

स्कटल्यान्डले आफ्नो देशमा सन् २०३२ देखि डिजेल तथा पेट्रोलबाट चल्ने नयाँ कार बिक्री प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो बेलायतभन्दा आठ वर्षअघि हो। स्कटल्यान्डका मन्त्री निकोला स्ट्रुगनले केही समयअघि यस्तो घोषणा गरेका हुन्।

फ्रान्स

फ्रान्सको राजधानी पेरिसको नियामक निकायले पेरिस सहरमा सन् २०३० देखि सबैखाले पेट्रोल÷डिजेल कारमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको छ। यो विश्वमै धेरै पर्यटक आउने सहरमध्ये पर्दछ। सहर तथा देशकै वायु प्रदूषण बढेकाले प्रदूषण नियन्त्रण गर्न उक्त निर्णय गरिएको हो। त्यस्तै फ्रान्सले विश्वव्यापी तापमान वृद्धिबाट बच्न सन् २०४० देखि देशभर डिजेल तथा पेट्रोलबाट चल्ने सवारीको बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

नर्वे

स्क्यान्डिनेभियन देश नर्वेले सन् २०२५ देखि डिजेल तथा पेट्रोलबाट चल्ने सवारीको बिक्री फेजआउट गर्ने बताएको छ। नर्वेले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न ‘पोलुटर पे’ कार प्रणाली लागू गर्ने तथा शून्य प्रदूषण गर्ने सवारी खरिद गराउन पहल गर्ने जनाएको छ। विद्युतीय सवारीको वृहत्तर विस्तारका लागि ‘ग्रिन ट्याक्स सिस्टम’ लगाई स्वच्छ यातायातलाई प्राथमिकता दिने नर्वेको योजना छ। योसँगै फोसिल फ्युलबाट चल्ने सवारी सञ्चालनमा रोक लगाउने योजना सार्वजनिक गरेको छ।

अस्ट्रेलिया

अस्ट्रेलियाले नयाँ गैरविद्युतीय सवारीको बिक्रीमा प्रतिबन्ध लगाउनेबारे छलफल गरिरहेको छ। सन् २०२५ आसपासमा नै पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको बिक्री गर्न नपाइने नियम बनाउने योजना अस्ट्रेलियाको छ। अस्ट्रेलियाले डिजेल कारका लागि प्रदूषण न्यूनीकरण सफ्टवेयर बनाउने र विद्युतीय सवारी खरिद गर्नेलाई राहत दिने जनाएको छ। कार आयातकर्ताहरू पनि कम प्रदूषण गर्ने सवारी आयात गर्न सहमत भएका छन्। यसलाई क्रमशः न्युन गर्दै लगिनेछ।

नेदरल्यान्ड

डच सरकार हालैमात्र डिजेल तथा पेट्रोलबाट चल्ने नयाँ कारको बिक्रीमा रोक लगाउने योजना बनाउने निष्कर्षमा पुगेको हो। डच सरकार सन् २०३० सम्म देशभर विद्युतीय सवारीमात्र बिक्री गर्न पाइने नियम लागू गर्ने गरी काम गरिरहेको छ। सन् २०३० मा नेदरल्यान्डमा सञ्चालनमा रहेका सबै कार चलाउन नपाइने हो वा डिजेल तथा पेट्रोलबाट चल्ने नयाँ कार चलाउन रोक लगाइएको कुरा प्रष्ट भने भएको छैन।

फिनल्यान्ड

फिनल्यान्ड पनि डिजेल तथा पेट्रोल कार बिक्री रोक्ने देशहरूको सूचीमा जोडिन इच्छुक देखिएको छ। फिनल्यान्ड सरकार सन् २०३९ देखि डिजेल तथा पेट्रोल इन्जिनबाट चल्ने कारको बिक्रीमा प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको छ। विश्वव्यापी वायु प्रदूषण कम गर्न सहयोग पुग्ने हेतुले यस्तो निर्णय गरिएको फिनल्यान्डले जनाएको छ।

भारत

भारतले सन् २०३० देखि देशमा बिक्री हुने सबै सवारी विद्युतीय हुनुपर्ने घोषणा गरेको छ। भारतका ठूला उद्योग, मन्त्रालय र नीतिनिर्मातासम्बन्धी आयोगले देशमा विद्युतीय सवारीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहेको छ। पछिल्लो आर्थिक वर्ष (अप्रिल २०१६–मार्च २०१७) मा भारतभर २५ हजार दुईपांग्रे विद्युतीय सवारी र केही सय विद्युतीय कार बिक्री भएको तथ्यांक छ। सवारीको बजार हिस्सामा ०.२५ प्रतिशतभन्दा कम विद्युतीय सवारीले ओगटेको अवस्थामा भारतका लागि उक्त योजना कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण छ। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.