फेसबुक र इन्स्टाग्राम कति समय चलाउने ?

फेसबुक र इन्स्टाग्राम कति समय चलाउने ?

तपाईं फेसबुक र इन्स्टाग्राम कति समयसम्म चलाउन चाहनुहुन्छ ? थाहै नपाई धेरै समय अनलाइनमा बसिरहनुभएको त छैन ? यदि त्यसो हो भने अब आफैंलाई तपाईंले नियन्त्रण गर्न सक्नुहुन्छ । फेसबुक र इन्स्टाग्रामले आफ्नो साइट चलाउनेहरूलाई समय सीमा राखिदिने व्यवस्था गर्दैछ । विकास हुन लागेको यो पद्धतिले फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताको समय बचत गर्ने अपेक्षा राखिएको छ ।
फेसबुक र इन्स्टाग्राममा राखिएको उक्त ‘पद्धति मार्फत प्रयोगकर्ता आफैंले समयसीमा तोक्न सक्नेछन् । त्यसपछि तोकिएको समयसम्म साइट चलाउन पाइन्छ । ‘नोटिफिकेसन’ बन्द गर्न सकिन्छ । अस्थायी रूपमा मन लागेको बेला यस्तो पद्धतिको प्रयोग गर्न सकिन्छ । फेसबुकका डेभिड गिन्सबर्ग र इन्स्टाग्रामका अमित रानाडिभले ‘ब्लग’ मार्फत भनेका छन्, ‘हामीले मानसिक स्वास्थ्यका डाक्टर, संस्थाहरू र एकेडेमी, अनुसन्धानकर्ताहरूको सहायताले यस्तो ‘टुल’को विकास गर्न लागेका हौं ।’

‘फेसबुक र इन्स्टाग्राममा प्रयोग हुने समय सकारात्मक र प्रेरणादायी होस् । समय सीमाले प्रयोगकर्ताको समय बचत होस् भन्ने चाहन्छौं । यहाँ हुने कुराकानी पनि फलदायी होस् भन्ने हाम्रो अपेक्षा हो ।’ यो पद्धति तपाईंले फेसबुक र इन्स्टाग्रामको सेटिङमा ‘फेसबुकमा तपाईंको समयसीमा’ र ‘तपाईंको सक्रियता’ शीर्षकमा पाउनुहुन्छ ।

गत जनवरीमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले घोषणा गरे, ‘फेसबुकमा जति समय खर्चनु हुन्छ, त्यो समय फलदायी हुन्छ भन्ने निश्चित गर्नुहोस् । फेसबुकलाई हामी दुरुपयोग हुनबाट जोगाउन चाहन्छौं ।’

फेसबुकले अहिले अन्य सामाजिक सञ्जालहरूसँग प्रतिस्पर्धा गरिरहनुपरेको छ । यो प्रतिस्पर्धा एकदमै दु्रतगतिमा छ । गुगल र एप्पलले ‘समयसीमा राख्ने’ सुविधाप्रयोगकर्तालाई उपलब्ध गराउने घोषणा गरिसकेका छन् । यो पद्धतिको विकासबाट हरेक प्रयोगकर्ताले आफैंलाई निश्चित समयसीमामा बाँध्न सक्नेछन् । एप्पल र गुगलले ‘समयको सदुपयोग गर्नुहोस्’ भन्ने आशयका साथ यस्तो सुविधा दिन लागेका हुन् । हरेक परिवारले यो सुविधाको प्रयोग गरेर नानीहरूलाई अत्यधिक सामाजिक सञ्जाल चलाउनबाट जोगाउने छन् ।

आफैंलाई नियन्त्रण गर्न यो सुविधाको विकास गरेको फेसबुकले बताएको छ । बालबालिकाका सम्बन्धमा लामो समयसम्म काम गरेकी लाउरा रान्डलले भनेकी छिन्, ‘फेसबुक र इन्स्टाग्राम आफ्नो साइट सुरक्षित राख्न चाहन्छन् । तर, साइटभित्र भएका अन्य समस्याहरूलाई पनि उनीहरूले समाधान गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.