कलेजको त्यो पहिलो वान्समोर

कलेजको त्यो पहिलो वान्समोर

 प्रज्वल अधिकारी

मनमा विभिन्न कुराहरू खेलाउँदै तिहारपछिको शुक्रबार म जनमैत्री बहुमुखी क्याम्पसको गेटमा पुगेको थिएँ। कोठाबाट कलेजसम्मको दूरी दस मिनेटको थियो। दोस्रो जनआन्दोलन चलिरहेको थियो। बाटोमा बिहानै टायरहरू बलेका थिए। सडकमा मान्छेहरूको हुल थियो।

कलेज छिर्नासाथ मेरो पहिलो काम बीए प्रथम वर्षको पढाइ हुने कक्षाकोठा पत्ता लगाउनु थियो। कसैलाई सोधेर कक्षा पत्ता लगाउन पनि निकै अप्ठ्यारो लाग्यो। एक मनले भन्थ्यो, ‘यो कलेजमा सबैजना सहरमा जन्मेका मान्छे हुन्छन्। तेरो र यिनीहरूको बोलीचाली नमिल्न सक्छ। सक्छस् आफैं पत्ता लगा, सक्दैनस् फर्केर कोठा जा।’

पर्यटकका जस्ता आँखाले क्याम्पसको दृश्यहरू नियाल्न थालेँ। कतै हेरिरहेको थिएँ। काँधमा कसैको हात प¥यो। म झसंग भएँ। हठात ऊ भएतिर फर्किएँ। मभन्दा केही होचो, हल्का कालो वर्णको तर हँसिलो केटाले मलाई सोध्यो, ‘आज पहिलो दिन हो कि क्या हो ? ’ मैले थोरै डराएको, केही खुसी भएको भावमा भने, ‘हो।’ उसले फेरि सोध्यो, ‘कुन फ्याकल्टी ? ’ मैले भनेँ, ‘आट्र्स, मेजर इङ्लिस’। उसले आफ्ना गोला र ठूलो आँखा अझ ठूलो बनाएर भन्यो, ‘ए मेरो पनि त्यही हो।’ यति भनेर उसले मित्रताको लागि हात बढाउँदै भन्यो, ‘म हरिशरण ढुंगाना, घर धादिङ।’ मैले पनि आफ्नो परिचय दिएँ। उसले मलाई हाम्रो कक्षामा लिएर गयो। कलेज सुरु भएबाट नै कलेज आएकोले उसको धेरै जनासँग चिनाजानी भइसकेको रहेछ। ऊ कहिले हात उठाएर कसैलाई ‘हाइ’ भन्थ्यो। कहिले हात मिलाउथ्यो। म उसको पछि पछि हिँडिरहेँ। उसले हात मिलाएको व्यक्तिहरूसँग म पनि हात मिलाउँदैे परिचय दिन्थँे। ऊ केटीहरूसँग पनि निर्धक्क हात मिलाउथ्यो। जुन मलाई केही अप्ठेरो लागेको थियो। उसले मलाई अन्तिम बेन्चमा लग्यो। हाम्रो बेन्चभन्दा अगाडि चार जना केटीहरू बसेका थिए, जो आफ्नै गफमा मस्त थिए। हामी बसेको बेन्चमा अन्य दुई जना बसेका थिए र हरिशरण उनीहरूसँगै गफमा मस्त हुन थाल्यो।

यत्तिकैमा पहिलो घन्टीको सर कक्षामा छिर्नुभयो। उहाँ हामीलाई मेजर इङ्लिस पढाउन आउनु भएको रहेछ। उहाँ आउने बित्तिकै हाम्रो बेन्चभन्दा अगाडिका केटीहरूले एकै स्वरमा भने, ‘सर आज त गुड फ्राइडे,’ म अचम्ममा परेँ। गाउँमा सबैभन्दा गुड डे शनिबार हुन्थ्यो।

सर आउनेबित्तिकै हाम्रो बेन्चभन्दा अगाडिका केटीहरूले एकै स्वरमा भने, ‘सर आज त गुड फ्राइडे।’ मैले बुझेँ, ‘गुड फ्राइडे भनेको कलेज आउने तर नपढ्ने दिन रहेछ।’

सरले भन्नुभयो, ‘ओके आज के गर्ने त ? ’ उनीहरूले भने, ‘आज गीत सुन्ने सर।’ मैले बुझेँ, ‘गुड फ्राइडे भनेको कलेज आउने तर नपढ्ने दिन रहेछ।’

म बसेको बेन्चको एकजना गोरो अग्लो केटा साथी जुरुक्क उठ्यो र अगाडि गएर प्रचण्डको क्यारिकेचर गर्न थाल्यो। उनी पछि केही साथीहरूले गीत गाए। कक्षा सकिनै लाग्दा सरले भन्नुभयो, ‘अब एक जनाको भ्याइन्छ। कोही भए हात उठाऊ।’ मैले जबर्जस्ती हात उठाएँ। अगाडि गएँ र सबैलाई नमस्कार गर्दै आफ्नै शब्द र लयमा आधुनिक गीत गाउँछु भने। सबै जना गलल हाँसे। सरले पनि नपत्याएझैं गरी हेर्नुभयो। म भित्रभित्रै डराएँ। उनीहरू हाँस्दा म झनै नर्भस भएँ। अगाडि त उभिएँ, तर दोधारमा परेँ। एक मनले भन्योे, ‘यतिका मान्छे हाँसी राछन्। भो नगा।’ अर्को मनले भथ्यो, ‘गाउन भनेर यहाँ उभिसकिस्। गाइनस् भने झन् बेइज्जत हुन्छ।’ अन्तिममा गाउने निष्कर्षमा पुगेँ। र, आँखा चिम्म गरेर गाउन थालेँ।

‘आँसु नझार प्रिय यो त दुःखमा झार्नु पर्छ

हाँसो नहाँस प्रिय यो त सुखलाई साँच्नु पर्छ’

गीत गाएर सकिँदा कक्षा कोठा तालीले गुञ्जायमान भयो। झुर भएर साथीहरू झनै हाँस्ला जस्तो लागेको थियो तर त्यस्तो भएन। साथीहरू भन्दै थिए, ‘वान्स मोर, वान्स मोर।’०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.