धर्म परिवर्तन गराउनेलाई पाँच वर्ष जेल

धर्म परिवर्तन गराउनेलाई पाँच वर्ष जेल

काठमाडौं : धर्म परिवर्तन गराउने कामले तीब्रता पाइरहँदा सरकारले यसलाई रोक्न कडा कानुन ल्याएको छ। सरकारले भदौ १ गतेदेखि लागू हुने गरी धर्म परिवर्तन गराउनेलाई पाँच वर्ष जेलको व्यवस्था गरेको हो।

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तन गराउन नहुने व्यवस्था गरेको हो। ऐनको परिच्छेद ९ को धर्मसम्बन्धी कसुरको व्यवस्था गरी दफा १५८ मा ‘धर्म परिवर्तन गराउन नहुने’ प्रावधान ल्याएको हो। अबदेखि कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्यो गर्न वा दुरुत्साहन दिन नहुने कानुन लागू हुँदैछ।

‘कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन’, ऐनको दफा १५८ (२) मा उल्लेख छ।

उपदफा ३ अनुसार, उपदफा १ र २ बमोजिमको कसुर गर्ने वा गराउने दुवै व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यसरी उपदफा ४ मा उपदफा १ वा २ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्ति विदेशी भए त्यस्तालाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाइने व्यवस्था गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.