निजी वनमा झापा उत्कृष्ट
भद्रपुर : देशभरका निजी वनमध्ये झापा गौरादह नगरपालिका-४ का दुर्गा प्रसाई सर्वोत्कृष्ट कृषक घोषित भएका छन्।
वन विभागले दिने निजी वनको राष्ट्रिय पुरस्कारबाट प्रसाई देशभरिबाट उत्कृष्ट भए बापत नगद ७५ हजार रुपैयाँबाट शुक्रबार पुरस्कृत भएका हुन्। त्यसैगरी मुकुन्द पाण्डे कैलालीका दोस्रो र रघुनाथ तिमिल्सीना इलामका तेस्रो भएका छन्।
पटक–पटक लगाएको धान खेतीबाट खर्च पनि उठ्न छोडेपछि विरक्तिएर बसेका बेला नजिकका मित्रले दिएको सल्लाहले प्रेरित भई निजी वनतिर लागेको प्रसाई बताउँछन्।
आफ्नो जग्गाको सदुपयोग गरे जस्तो गौरव महशुस भएको उनले बताए। सुरुमा साथीभाइले साल, टिक, खयर लगायतका बिरुवा विराटनगरबाट पठाएर लगाइएका ती बिरुवा हुर्कदैँ गएपछि आपूmलाई हौसला बढ्दै गएको उनी सुनाउँछन्।
प्रत्येक दिन बिहान ६ बजेदेखि बेलुका ६, ७ बजेसम्म रुख बिरुवाका स्याहार सुसारमा बिताउने प्रसाई निजी वन सञ्जाल झापाका अध्यक्ष पनि हुन्। उनी सात वर्षदेखिको आप्mनो मेहेनतको मूल्यांकन विभागबाटै भएकोले अभैm हौसला बढेको बताउँछन्।
आफ्नो निजी जग्गा तीन हेक्टर क्षेत्रफलमा ७ बर्ष अगाडि साल, सिसौ, खयर, मसला, शिरिष, बाँस, टिक लगायतका ६२ सय बिरुवा लगाएका प्रसाईले सरकारसँग कृषकको प्रोत्साहन र मेहेनतका लागि निजी वनको पनि बिमा हुनुपर्ने बताए।
झापाको कुल एक लाख ६० हजार सात सय २७ हेक्टर मध्ये ११.२४ प्रतिशत क्षेत्रफल मात्र वनले ओगटेको छ। जसमध्ये २ सय ४८.३४ हेक्टर क्षेत्रफलमा निजी वन छ।
बढी मेहनत र धेरै खट्नु पर्ने अनि उचित आम्दानी नहुने धान, मकै, गहुँ लगायतका खेती बाट बिस्तारै कृषक वैदेशिक रोजगार तिर मोडिदै गएको बेला पछिल्लो समय निजी वन झापाबासीको रोजाईमा पर्न गएको जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुबेदीले बताए।
उनका अनुसार गत आर्थिक बर्ष २०७४-७५ को अन्त्य सम्ममा निजी वन दर्ता गर्नेको संख्या ४ सय २८ वटा रहेको छ र बाँकी वन दर्ता गर्नेको संख्या मात्र २५ रहेको छ।
१० बर्षमै आम्दानि दिने र असक्त हुँदै जाँदा पेन्सनको रुपमा आम्दानी दिने हुनाले निजी वन मेहनेती कृषकका लागि रोजाईको क्षेत्र हो।