बलात्कारका घटना बढ्दै

बलात्कारका घटना बढ्दै

बनेपा : काभ्रे जिल्लामा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएको छ। बलात्कृत हुने अधिकांश् महिला तथा बालबाीलका आफन्तबाट बलात्कारको सिकार हुने गरेका छन्। जिल्लाकै तेमाल गाउँपालिका-१ स्थित असार २० गते राति देच्छेलिङ गुम्बा परिसरमा नौ वर्षीय एलिशा तामाङले फुपू मीना तामाङले परपुरुषसँग पटक-पटक यौनसम्बन्ध भएको देखेपछि घटना लुकाउन उनको बलात्कारपछि हत्या गरिएको थियो।

बारा बारागढी गाउँपालिका-६ का २३ वर्षीय जोखन मन्सुरले नातामा फुपू पर्ने मीनाबीच भएको यौन सम्बन्ध लुकाउन बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। एसपी रविराज खड्काका अनुसार अनुसन्धान र निजहरूको बयानबाट मन्सुरबीचको यौन सम्बन्ध बालिकाले देखेसँगै घटना लुकाउन मन्सुरले बलात्कारपछि बालिकाको मुख थुनेर हत्या गरेको बयान दिए।

त्यस्तै, पनौती नगरपालिका-१२ स्थित भूमिडाँडाकी १७ वर्षीय रोशनी (नाम परिवर्तन) दुई वर्षदेखि लगातार बाबुबाटै बलात्कृत भई दुई महिनाको गर्भ भु्रणहत्या गर्न बाध्य भएकी थिइन्। बाबुले घरमा कोही नभएको मौका छोपी तीन वर्षदेखि रोशनीमाथि बलात्कार गर्दै आएका थिए। पटक-पटक बाबुले मदिरा सेवन गरी बलात्कार गर्ने गरेको र आफूले घटना लाज, डरका कारण सार्वजनिक गर्न आँट नआएपछि अति नै भएर सहन नसकी विदेशमा भएकी सानीआमालाई फोनमार्फत जानकारी गराएर घटना बाहिर आएको थियो।

त्यस्तै, बालिका मात्र नभई ५७ वर्षीय वृद्धमाथि समेत सामूहिक बलात्कारपछि हत्या भएको छ। बनेपा नगरपालिका-८ पुण्यवती खोलाको नजिक रहेको मकैबारीमा भदौ १३ गते बनेपा १० बस्दै आएकी ५७ वर्षे नानुमाया मगरलाई ६ जनाले पालैपालो बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। मकैबारीमा नांगो अवस्थामा मृत भेटिएकी मगरको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको थियो।

 अनुसन्धानबाट घटनामा संलग्न सबैले मादकपदार्थ सेवन गरी बनेपा-८ स्थित पुण्यवती खोलाको किनारमा रहेको मकैबारीमा आलेमगरलाई पालैपालो करणी गर्ने क्रममा मृतक मगर अचेत भई सोही स्थानमा मृत्यु भएको थियो। यी प्रतिनिधि घटना मात्र हुन्। जिल्लामा बलात्कारको घटना बढ्दै गएको छ। तीन वर्ष अवधिमा ६१ जबर्जस्ती करणीका घटना र ३७ वटा प्रयास भएको प्रहरी तथ्यांकमा उल्लेख छ। जसमा अधिकांश १५ वर्षमुनिका छन् भने बढी आफन्तबाटै बलात्कृत हुनेको संख्या बढी धेरै रहेको प्रहरीले उल्लेख गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आव ०७२÷७३ मा जबर्जस्ती करणीका घटना १७ र जबर्जस्ती प्रयासमा १० वटा घटना भएका थिए भने आव ०७३÷७४ मा जबर्जस्ती करणी १७ र प्रयासका १२ घटना भएका थिए। आव ०७४÷७५ मा सो संख्या बढेर जबर्जस्ती करणीका २७ र प्रयासका १५ घटना भएका थिए।

जबर्जस्ती करणीजन्य अपराधका घटना बढ्नुको मुख्य कारण अधिक मात्रामा मदिरा तथा लागुपदार्थ सेवन, सूचना प्रविधिको गलत प्रयोग, लोभलालच, गरिबी, करकाप, अशिक्षा, सामाजिक सुरक्षा अभावका कारण घटना हुने गरेका जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए। उनले भने, ‘यसको नियन्त्रणका लागि हामीले जनचेतना, सञ्चारमाध्ययमबाट सूचना प्रकाशन, प्रसारण र विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छैाँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.