लगातारको वर्षाले बैतडीका ग्रामीण सडक अवरुद्ध

लगातारको वर्षाले बैतडीका ग्रामीण सडक अवरुद्ध

बैतडी : लगातारको वर्षासँगै ठाउँठाउँमा खसेका पहिरोले बैतडीका ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको तल्लोसोराड क्षेत्र जोड्ने पाटन-पञ्चेश्वर, पुरचौडी क्षेत्र जोड्ने ढोल्यामोड-हाट र श्रीभावर-हाट, च्वाँगढ क्षेत्र जोड्ने दुदीलाखान-गाँजरी सडक अवरुद्ध भएका हुन्।

यस्तै सतबाँझ-श्रीभावर, अनारखोली-कैलपाल, देहीमाण्डौं-गिरेगडा सडक पनि अवरुद्ध भएका छन्।  ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई सास्ती भएको छ। सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्यका सामग्री ढुवानी गर्न समेत समस्या भएको यातायात व्यवसायी नारायणदत्त भट्टले बताए । उनले भने, 'कच्ची सडकहरुमा गाडी चलाउन नसकिने गरेर ठाउँठाउँमा पहिरो खसेको छ । गाडी चलाउन निकै सास्ती भएको छ।'

पाटन-पञ्चेश्वर सडकको मेलौलीसम्म मात्रै छिटफुट रुपमा जीपहरु सञ्चालनमा छन् । मेलौलीभन्दा तल पूर्णरुपमा सडक अवरुद्ध भएको मणिलेक मावि काँडा मेलौलीका शिक्षक अर्जुन कुँवरले बताए । तल्लोसोराड क्षेत्रमा गएको १५ दिनदेखि ठूला सवारीका साधन सञ्चालनमा आउन नसकेको महाकाली यातायातको पाटन काउण्टरका दिनेशसिंह विष्टले बताए। उनले भने, 'महेन्द्रनगरदेखि मेलौलीसम्म दैनिक तीनओटा बस सञ्चालनमा रहेका थिए। 

वर्षाका कारण सडकको ठाउँठाउँमा पहिरो खसेपछि ठूला सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् ।वर्षातको समयमा ग्रामीण कच्ची सडकहरु अवरुद्ध हुँदा यात्रुलाई निकै समस्या भएको छ।'कच्ची हुँदा प्रत्येक वर्ष वर्षात्मा सडक हिलाम्य भएर सास्ती हुने गरेको छ। 'चाँडपर्वको समय आयो, सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको पनि मूल्य बढेको छ' मेलौलीकी सीता चन्दले भनिन् । 

पुरचौडी क्षेत्र जोड्ने ग्रामीण सडक पनि अवरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य सामग्रीको भाउ बढेको स्थानीयबासी राजेश धामीले बताए । उनले भने, 'पुरचौडी जोड्ने ढोल्यामोड देखिको सडक र श्रीभावरदेखिको सडक अवरुद्ध छ।'

हिउँदमा जिल्लाका विभिन्न ठाउँमा यातायातका साधनको पहुँच पुगेको भएपनि वर्षातका समयमा सडक अवरुद्ध हुँदा सास्ती हुने गरेको स्थानीयबासीले बताएका छन्। सबै कच्ची सडक अहिले बन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कच्ची सडकमा वर्षातको समयमा दुर्घटनाको जोखिम समेत रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।  

ग्रामीण सडक अवरुद्ध हुँदा बिरामीलगायतका अन्य नागरिकलाई आवतजावतमा सास्ती भएको सुर्नया गाउँपालिकाका प्रकाश भाटले बताए। उनले भने, 'ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयले निकै समस्या खेप्नु परेको छ। सडक हिलाम्य हुँदा पैदल हिँड्ने बाटो समेत छैन।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.