माघदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा मात्रै

माघदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा मात्रै

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रिह्वीलेटेशन) पिच परिवर्तनका माघदेखि प्रारम्भ हुने भएकोले दैनिक ८ घण्टा बन्द हुने भएको छ । 

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले यो कुरा व्यस्थापिका संसदमा आफ्नो मन्त्रालय अन्तर्गत भएका कामबारेमा जानकारी दिँदै बताएका हुन् ।

'रह्वीलेटेशनको कार्य चार महिनामै सकेर २०७६ जेठबाट २४ घण्टा संचालनमा ल्याउने छौं', उनलले भने । सन् १९८० को दशकमा निर्माण भएको रनवे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । 

रनवेको पिच परिर्वतन (रिह्याबिलिटेसन) प्रक्रिया सुरु भएको झन्डै एक वर्ष भइसकेको छ । तर रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच प्रतिस्पर्धा हुन सकेको थिएन । 

प्राविधिक रूपमा सक्षम ठहर भएका कम्पनीबीच आर्थिक प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर डकुमेन्टको फाइल प्राधिकरण बोर्डमा रोकिएको छ । रनवेमा सानो समस्या आउँदा २० मिनेट र ठूलो समस्या देखिएको अवस्थामा पौने एक घन्टासम्म जहाज आकाशमै होल्ड गरेर काम गर्नपर्ने अवस्था छ । 

रनवे सुधारका लागि पैसा, डिजाइन र प्राविधिक रूपमा सक्षम कम्पनी सबै जुटिसक्दा पनि काम अगाडि बढ्न सकेको थिएन । अन्तत: रनवेको समस्या विकराल बन्दै गएपछि सरकारले विमानस्थल ८ घण्टा बन्द गरेर काम गर्न लागेको हो ।

सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थल रनवे सुधारका लागि डिजाइन तय गरेको थियो । तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गर्‍यो ।

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर गरिएको थियो । टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो ।

यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पारेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङ्दो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी छन् ।

विमानस्थलकै रनवे सुधारसम्बन्धी दुईवटा काम गरेको, आर्थिकरूपमा कति सक्षम र औजार कति भएको कम्पनी हो भनी एकिन गरेर मात्रै कम्पनी छनोट भएको थियो ।

तर अहिलेसम्म यी कम्पनीबीच लागतका विषयमा प्रतिस्पर्धा हुन सकेको छैन । विमानस्थल कार्यालयले कम्पनी छनोटदेखि ‘रिपोर्ट रिभ्यू’मा सहयोग गर्ने परामर्शदातालाई मात्रै मासिक १० लाख रुपैयाँ खर्च गर्दै आएको छ । 

कम्पनी छनोटसँगै विमानस्थलको इन्जिनियरिङ महाशाखाले चार कम्पनीसँग फाइनान्सियल प्रतिस्पर्धा गराउने स्वीकृति मागका लागि टेन्डर डकुमेन्टको फाइल नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो ।

परामर्शदाताको रिपोर्ट एवम् अध्ययनले तीन हजार मिटरको रनवे र दुई हजार मिटरको ट्याक्सी वे मर्मतका लागि करिब तीन अर्ब रुपैयाँ लागत अनुमान गरेको छ । रनवे मर्मतका लागि विमानस्थल बन्दका बेला र सुक्खा समयमा मात्रै काम गर्नुपर्ने हुँदा तीन सय ६५ दिन लाग्ने रिपोर्टमा उल्लेख छ । तर, अब यो प्रक्रिया सुर गर्दा पनि रन वेको पीच परिर्वतनको काम सक्ने तीन वर्ष लाग्ने महाशाखाका प्रमुख मुरारी भण्डारी बताउँछन् ।

'२०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण धावनमार्गले घाम र पानी सहन नसकी वर्षायाममा छिद्रता बढ्दै गएकोले पुनर्निमाण प्रारभ्भ गर्नु परेको हो ’ अधिकारीले भने । 

अन्तर्राष्ट्रिय विमानस्थल अहिले सामान्य मर्मतले काम चलाए पनि यसको दीर्घकालीन समाधान रह्वीलेटेशनमात्रै भएको जानकारी मन्त्री अधिकारीले दिए । माघमा भैरहवामा धावनमार्ग बनिसक्ने भएकाले त्यहाँ आपतकालिन उडान सम्भव हुने उनले बताए । यता चार महिनामा धावनमार्गको पिच फेर्ने काम सकेर जेठबाट २४ घण्टा चलाइने मन्त्री अधिकारीको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.