नेपाल आज जापानसँग भिड्दै

नेपाल आज जापानसँग भिड्दै

काठमाडौं  : १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत मंगलबार नेपालले आफ्नो पहिलो खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ। आयोजक इन्डोनेसियाले एसियाडको औपचारिक उद्घाटन १८ तारिखमा गर्नेछ। तर, फुटबल खेलहरू मंगलबारदेखि सञ्चालन गरिन लागिएको हो। एसियाडको वैदेशिक तयारी र मैत्रीपूर्ण अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली फुटबल टोली आइतबार इन्डोनेसिया पुगेको थियो।

एसियाडमा नेपाल समूह ‘डी’मा परेको छ। समूहमा नेपालसहित जापान, भियतनाम र पाकिस्तान छन्। नेपालले समूहको दोस्रो खेल अगस्ट १६ मा भियतनाम र अन्तिम खेल १९ तारिखमा पाकिस्तानसँग खेल्ने छ। एसियाडमा यू–२३ उमेरसमूहका खेलाडी सहभागी हुने प्रावधान छ। तीन महिना लामो घरेलु तयारी गरेर थाइल्यान्ड हुँदै इन्डोनेसिया पुगेको नेपाली टोलीले थाइल्यान्डमा खेलेको दुईवटै मैत्रीपूर्ण अभ्यास खेलमा हार खेपेको थियो।

नेपाल पहिलो खेलमा थाइल्यान्डको स्थानीय पुलिस टोरो क्लबसँग १–० गोलले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल थाइल्यान्डकै यू–२३ टोलीसँग ४–० गोलले पराजित भएको थियो। एसियाडमा नेपाली टोलीको प्रदर्शन विगतमा त्यति राम्रो छैन। अघिल्लो संस्करणमा नेपाल समूह चरणबाटै घर फर्किएको थियो।

एसियाडमा तीनजना सिनियर खेलाडी समावेश गर्न पाउने प्रावधानअनुसार नेपालले सिनियर टोलीका गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई टोलीमा राखेको छ। एसियाड सकिएलगत्तै नेपाली टोलीले बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा भाग लिनेछ। साफ च्याम्पियनसिप सिनियर टोलीको स्पर्धा भएकाले खेलाडीमा फेरबदल हुनेछ।

साफ च्याम्पियनसिप आगामी सेप्टेम्बर ४ देखि १८ सम्म सञ्चालन हुनेछ। च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा आयोजक बंगलादेश, भुटान र पाकिस्तान छन्। समूह ‘बी’मा भने भारत श्रीलंका र माल्दिभ्स छन्।

नेपाले समूहको पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेल सेप्टेम्बर ६ मा भुटान र अन्तिम सेप्टेम्बर ८ मा बंगलादेशसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.