विप्लवको नेपाल बन्द : कालिकोटमा बम विस्फोट
कालिकोट : कालिकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव परेको छ । पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेको विरोधमा आह्वान गरेको नेपाल बन्दको प्रभाव कालिकोटमा परेको हो । कालिकोट प्रकाण्डको गृहजिल्ला हो
कर्णाली राजमार्गको कालिकोट खण्डको कालेखोलामा नेकपाका कार्यकर्ताले प्रेसर कुकर बम बिस्फोट गराएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माका अनुसार कर्णाली राजमार्गको कालेखोलामा नेकपाका कार्यकर्ताले प्रेसर कुकर बम विस्फोट गराएका हुन् ।
प्रहरीले विस्फोटमा संलग्न जिल्लाको शान्नित्रिवेणी गाउँपालिका मुम्राका २३ वर्षीय कासी दर्जीलाई पक्राउ गरेको छ । डीएसपी शर्माका अनुसार सादा पोषकका प्रहरीले दर्जीलाई पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेकपाको नेपाल बन्द गाउँ केन्द्रित बनेको छ। जिल्ला सदरमुकाम मान्ममा सबै सरकारी कार्यालय, शैक्षिक संस्थाह संचालन भएपनि गाउँका सबै शैक्षिक संस्था बन्द छन् ।