एक सातादेखि अस्पताल बन्द

एक सातादेखि अस्पताल बन्द

राजविराज : कञ्चनरुप नगरपालिका–८ ठेलियामा रहेको धर्मेश्वर अस्पतालकै बाटो भएर एम्बुलेन्सहरु पनि आवतजावत गर्छन् तर अस्पतालमा कोही बिरामी जाँदैनन्। २०६८ सालदेखि सञ्चालित अस्पताल गत बुधबारदेखि स्थानीयवासीले बन्द गराएपछि अस्पतालमा डाक्टर, नर्सहरु पनि देखिएका छैनन्। सुरक्षार्थ खटिएका दुईजना प्रहरी बेला–बेलामा आउने र जाने गर्छन्।

उपचारको क्रममा मोटरसाइकल दुर्घटनामा घाइते कञ्चनरुप नगरपालिका–११ बक्साहाका ४० वर्षीय थीरप्रसाद चौधरीको साउन २२ गते मृत्यृ भएपछि स्थानीयवासीले अस्पताल बन्द गराएका हुन्। मोटरसाइकल चालक चौधरीको मृत्यु भएलगत्तै सडक जाम गर्दै विरोध प्रदर्शनमा उत्रिएका गाउँलेले दोस्रो दिन पनि बिहानैदेखि प्रदर्शन जारी राखेपछि अस्पताल र मृतक परिवारबीच लिखित सम्झौता भएर अस्पताल बन्द गरिएको अस्पतालका व्यवस्थापक दिलिप कर्णले बताए।

पोष्टमार्टम प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रकृया अगाडि बढाउन दुवै पक्ष तयार भएपछि पोष्टमार्टम प्रतिवेदन नआउञ्जेसम्मका लागि अस्पताल बन्द गरिएको हो। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लासको पोष्टमार्टम गर्न मृतकका आफन्त र गाउँले तयार नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर लासको पोष्टमार्टम गरिएको सप्तरी प्रहरीले जनाएको छ।

उपचारको क्रममा मोटरसाइकल दुर्घटनामा घाइते कञ्चनरुप नगरपालिका–११ बक्साहाका ४० वर्षीय थीरप्रसाद चौधरीको साउन २२ गते मृत्यृ भएपछि स्थानीयवासीले अस्पताल बन्द गराएका हुन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालका अनुसार, पोष्टमार्टम प्रतिवेदन नआएकाले गाउँलेसँगको सहमतिबमोजिम अझै अस्पताल बन्द छ। घाइतेका आफन्तले अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै अस्पतालबाट क्षतिपूर्ति पाउनु पर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ।

अस्पतालबाट कुनै लापरबाही नभएको र सुविधासम्पन्न अस्पतालका लागि रेफर गरिएका घाइतेलाई धरानतर्फ लैजादै गर्दा भारदह पुगेपछि मृत्यु भएको अस्पतालका बजार व्यवस्थापक किशोरी दासले बताए। अस्पतालले प्राथमिक उपचारका साथै विशेष गरी दुर्घटनाका घाइतेहरु र विषसेवनका बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा दिँदै आएको थियो।

पूर्व–पश्चिम राजमार्गमा सञ्चालित १५ शैयाको निजी अस्पतालको सम्पूर्ण उपचार सेवा बन्द भएपछि राजमार्गमा दुर्घटनामा पर्ने घाइतेसहित स्थानीयवासी समेत मर्कामा परेका छन्। एक सातादेखि अस्पतालको सम्पूर्ण सेवा बन्द भएपछि उपचारका लागि बिरामी र तिनका आफन्तलाई मर्का परेको स्थानीयवासी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.