कर्णालीको बाढीले भत्कायो तटबन्ध, टीकापुरमा त्रास

कर्णालीको बाढीले भत्कायो तटबन्ध, टीकापुरमा त्रास

टीकापुर: लगातारको वर्षापछि बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले तटबन्ध भत्काएको छ । 

रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले निर्माण गरेको तटबन्ध कर्णाली नदीको कटान भत्किएको हो ।     शाहीपुरमा नदीले तिब्र कटान गरिरहेको छ । आयोजनाले निर्माण ११ मिटर चौडाईको तटबन्ध नदीले कटान गर्दा झण्डै दुई मिटर मात्रै बाँकी रहेको छ । 

उक्त स्थानबाट कर्णाली नदी गाउँ पस्ने खतरा बढेको स्थानीयले बताएका छन् । तटबन्ध कटान भए बाढीले टीकापुर नगरपालिकाको वडा नं. ५ शाहीपुर, सिम्रेनी, वडा नं. ६ केही भाग, वडा नं. ७ सत्ती, वडा नं. ८ धनसिंहपुर प्रभावित हुनेछ । 

चार वर्षअघि गरिएको तटबन्धलाई नदीले कटान गर्न थालेपछि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले जैविक तटबन्ध बनाई कटान नियन्त्रणको प्रयास गरिरहेका छन् । 

नदीमा पानीको बहाव घटेपनि कटान तीब्र भएका कारण नियन्त्रणका लागि स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा जैविक तटबन्ध बनाउन शुरु गरिएको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले बताए । 

‘नदीको कटान रोकिएको छैन, हामी सबै मिलेर नियन्त्रणका लागि पहल गरिरहेका छौं’ प्रमुख रावलले भने । नदीको कटान रोक्नका लागि रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले बोरा, बाँस, डोरी र ग्राभेल उपलब्ध गराएर काम गरिरहेको छ । 

‘हामीले प्राविधिक सहयोग गरिरहेका छौं’, आयोजनाका इञ्जिनियर महेशकुमार चौधरीले भने, ‘नदीले झण्डै ५० मिटर जति कटान गरेपछि तटबन्ध भत्किने अवस्थामा पुगेको हो ।’    
    
स्थानीय बासिन्दाले नदीको कटानबारे स्थानीय सरकारलाई एक हप्ता अगाडि नै आग्रह गरेको भए पनि बेवास्ता गरेको आरोप लगाएका छन् । सोमवार कर्णाली नदीमा पानीको सतह बढेपछि स्थानीयलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको थियो ।

पानीको सतह घट्यो 

कर्णाली नदीमा पानीको सतह सोमवार भन्दा घटेको छ । सोमवार चेतावनी तह नाघेको कर्णाली नदीमा मंगलवार विहान भने ९ मिटर २१ सेन्टिमिटरमा झरेको हो । 

जल मापन केन्द्रका चिसापानीका गेज रिडर पार्वती गुरूङ्गले पानीको सतह घट्दै गइरहेको बताइन् । गुरूङ्गका अनुसार कर्णालीमा १० मिटरमा चेतावनी, १० मिटर ८ सेन्टिमिटर नाघेमा खतरा मानिन्छ ।कर्णाली नदीमा पानीको सतह बढेसँगै तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.