सेयर हाल्न चार दिन हिँडेर सदरमुकाम

सेयर हाल्न चार दिन हिँडेर सदरमुकाम

धादिङ : उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–१ तिप्लिङका ६० वर्षीय ङावाङ तामाङ चार दिन हिँडेर सदरमुकाम धादिङवेशी आइपुगे। गाउँमै बसिरहेका उनी धादिङवेशी आउनुको एउटै कारण थियो, आँखुखोला जलविद्युत आयोजनाको सेयर भर्नु। ङावाङले भने, ‘छोराले सेयर भर्न सदरमुकाम आऊ भन्यो, अनि चार दिन हिँडेर आएँ।’

हिउँदको समयमा दार्खाफेदीसम्म सवारी साधन चल्ने भए पनि बर्खामासमा भने सदरमुकाम सम्मै हिँड््नु पर्ने उत्तरी धादिङका स्थानीयको बाध्यता हो। पैदल नै हिँड्नुपर्ने बाध्यताको बाबजुत लौरो टेकेर सेयर भर्न आएका ङावाङलाई सेयर भरेर के फाइदा हुन्छ, किन भर्ने, केही थाहा छैन।

ङावाङका छोरा डिलबहादुरले भने, ‘धादिङवासीका लागि  धादिङकै जलविद्युत आयोजनाको सेयर खुलेको छ, भर्नुहोला भनेर रेडियोबाट सुचना सुनेँ। फाइदा बेफाइदा के हुन्छ त केही थाहा छैन। साथीभाइले भरेको देखेर बुबालाई सेयर भर्न सदरमुकाम धादिङवेशी बोलाएको हुँ।’

धेरै जनाको नाममा भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने सुनेर बुबाको, छोराको र आफ्नो नाममा १०/१० हजारको सेयर भरेको डिल बहादुरले जानकारी दिए। आँखुखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित धादिङका स्थानीयका लागि साधारण सेयर खुल्ला गरेको छ।

चुक्ता पूँजीको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। छिटोमा साउन ३१ र ढिलोमा भदौ १५ गतेसम्म भर्न सकिने आँखुखोला जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल पनेरुले जानकारी दिए।

पनेरुले भने, ‘आईपीओमा धादिङ जिल्लावासीले न्युनतम ५० कित्ता र अधिकतम चार हजार कित्तासम्म आवेदन दिन सकिनेछ।’ सेयर भर्नका लागि उत्तरी धादिङवासी टोलटोलबाट समूह बनाएरै सदरमुकाम झरेका छन्।

सदरमुकाममा बस्ने छोरानातिले खबर गरेपछि चार दिन हिँडेर सदरमुकाम आएको ७२ वर्षीया मेन्जोम घलले बताइन्। मेन्जोमका छोरा शुकबहादुरका अनुसार, साथीले भरौं फाइदा हुन्छ भनेकाले आमा र आफ्नो नाममा सेयर भर्‍यौं। धादिङ जिल्लास्थित मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका विभिन्न शाखाबाट सेयर भर्न मिल्ने भएपछि आइतबारदेखि सेयर भर्नेको लामो लाइन नै छ।

प्रभु बैंक धादिङ शाखाका प्रबन्धक ईश्वर श्रेष्ठले भने, ‘पछिल्ला दिनमा उत्तरी धादिङका स्थानीयको भीड नै लागेको छ, आँखुखोला हाइड्रोपावर पनि उत्तरी धादिङमै भएकाले उत्तरका स्थानीयले विशेष चासो दिएर सेयर भर्न आएका छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.