हेलिकोप्टरको पंखाले लागेर भारतीय नागरिकको मृत्यु

हेलिकोप्टरको पंखाले लागेर भारतीय नागरिकको मृत्यु

हुम्ला : हुम्लाको सिमिकोटमा मनाङ एयरको हेलिकोप्टरको पंखा (तेल रोटर)ले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। '९एन-अल्फा माइक भिक्टर' कल साइनको होलिकोप्टरको पंखाले लागेर ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए।

सिमिकोटबाट हिल्सामा गएको होलिकोप्टर अवतरण भएपछि उत्रिने क्रममा मेहतालाई पंखाले लागेको हो। ‘हेलिकोप्टर अवतरण गरिसकेपछि बाहिर निस्कने क्रममा पछाडिको पंखामा ठोकिएपछि उनको मृत्यु भएको हो’, प्रहरी निरीक्षक बोगटी भने ।

हेलिकोप्टरमा अन्य पाँचजना सकुसल छन्। मेहता मानसरोबर यात्रामा जाँदै थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.