डलर हालसम्मकै महँगो

डलर हालसम्मकै महँगो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि अमेरिकी डलर हालसम्मकै महँगोे भएको छ। राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलर बराबर एक सय १२ रुपैयाँ २०पैसा बिक्रीदर तोकेको छ। यो दर अहिलेसम्मकै उच्च हो। 

अमेरिकी डलर एकै दिनमा एक रुपैयाँ ७७ पैसाले मजबुत बनेको छ। सोमबार एक अमेरिकी डलर बराबर एक १० रुपैयाँ ४३ पैसा विनिमय दर तोकिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेपछि यसको असर नेपाली बजारमा पनि देखिएको हो। पछिल्लो समय अमेरिकी अर्थतन्त्र र डलर दुवै मजबुद बन्दै गएका कारण डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए।

२०७४ असारको तुलनामा २०७५ जेठ मसान्तसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ चार दशमलव सात प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकको तथ्यांक छ। नेपाली मुद्रा दुई कारणले अधिमूल्यन र अबमूल्यन हुने गरको छ। 

‘अमेरिकी डलरसँग अहिले भएको नेपाली रुपैयाँ अवमूल्यन भारतीय रुपैयाँसँगको स्थिर विनियम दरका कारण नभइ टर्कीको अर्थतन्त्रमा आएको संकटका कारण भएको हो। टर्कीको मूल्यमा भएको अवमूल्यनले समग्र युरोपियन अर्थतन्त्रमा यसको असर देखियो’, ढुंगानाले भने, ‘युरोपियन देशको अर्थतन्त्र र मुद्राको तुलनामा अमेरिकी मुद्रा र अर्थतन्त्र अधिक बलियो बनेको कारण विश्व बजारमा अमेरिकी डलरको माग अत्यधिक बढ्यो।’ अहिले युरो र बेलायती मुद्रा समेत अबमूल्यन भएको छ। यसका असर बैंक र सेयर बजारमा पनि देखिएको छ।

नेपाल र भारतीय मुद्राबीच स्थायी विनिमय दरका कारण भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो। केही दिन अघि भारतीय रिजर्व बैंक (आरबीआई) ले एक डलर बराबर ७० भारु तोकेको छ। डलर मजबुत भएपछि यसको असर आयातित वस्तुको बजार मूल्यमा पर्ने पूर्वअर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए। डलरको मूल्य बढ्दा निर्यात व्यापारबाट राम्रो मूल्य आए पनि हाम्रो जस्तो आयात बढी हुने देशमा यसको नकारात्मक असर देखिने उनले बताए। 

राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलर बराबर एक सय १२ रुपैयाँ २०पैसा बिक्रीदर तोकेको छ। यो दर अहिलेसम्मकै उच्च हो।

डलर महँगोे हुँदा यसको चाप वस्तुको मूल्यमा पर्ने अर्थात् मूल्य वृद्धि हुने सम्भावना हुन्छ’, उनले भने, ‘पेट्रोलियम पदार्थ, सुनचाँदीलगायत अन्य डलर तिरेर आयात हुने वस्तुको मूल्य बढ्छ।’ विदेशबाट भित्रने विप्रेषण भने केही बढ्ने, पर्यटन क्षेत्रबाट हुने आम्दानी बढ्ने कार्यकारी निर्देशक ढुंगानाले बताए। भारतीय रुपैयाँसँग भएको स्थिर विनिमयको कारणले अमेरिकी डलरसँग भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने र भारतीय रुपैयाँ मजवुद हुँदा नेपाली रुपैयाँ पनि अधिमूल्यन हुने सुवेदीले बताए। महँगोे डलरले अझ व्यापार घाटा बढोत्तरी गर्न योगदान गर्छ।

गत आवको यो महिनामा एक सय रुपैयाँको हाराहारीमा रहेको डलरको मूल्य पछिल्लो समय मजवुत भएपछि बजार भाउ बढ्नेछ। एक वर्षपछि डलरको मूल्य हालसम्मकै उच्च विनिमय दरमा पुगेको छ। डलर महँगोे हुँदा यसको असर निर्माण सामग्रीमा समेत पर्ने हुँदा परियोजना लागत समेत बढ्ने देखिएको छ। विदेशबाट कच्चा पदार्थ आयात गरी उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुन्छ। यसका साथै राज्यले विदेशी विकास साझेदारसँग लिएको ऋणको भार समेत थपिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.