धोबीखोलाले फलामे पुल बगायो, मदन भण्डारी कलेज जलमग्न (फाेटाे फिचर)
काठमाडौं : धोबीखोलाको बाढीले अनामनगरको फलामे पुल बगाएको छ । अनामनगरको मदन भण्डारी नजिक रहेको फलामे पुल बगाएको महानगरीय प्रहरी वृत सिंहदरबारले जनाएको छ । गएराति धोबीखोलमा खोलाको सतहभन्दा पनि माथि पानी आएपछि सडक समेत हिलाम्मे भएको छ । मदन भण्डारी कलेजमा पानी पसेको छ भने अनानमनगर आसपासका सडकमा पुरै हिलो जमेकाे छ ।
गएराति १ बजे देखि धोबीखोलामा आएको बाढीका कारण अनामनगर आसपासका अधिकांश घरमा पानी पसेको छ । एक्सासी खोलामा पानी आएपछि स्थानीयहरु तीन बजे उठेर घरभित्र पसेको पानी फालेका थिए ।