छात्रवृत्तिको रकमले १४ कैदीलार्इ जेलमुक्त गर्दै १४ वर्षीय किशोर

छात्रवृत्तिको रकमले १४ कैदीलार्इ जेलमुक्त गर्दै १४ वर्षीय किशोर

नयाँदिल्ली : भारतको भोपालस्थित शिवाजीनगरका बासिन्दा १४ वर्षीय आयुष किशोरले छात्रवृत्तिको रकमले १४ जना कैदीलाई बुधबार जेलमुक्त गर्दै छन् । उनले आफूले पाएको छात्रवृत्तिको रकमले जरिवाना रकम तिर्न नसकेर कैदीबन्दी जीवन बिताइरहेकाको रकम तिरी बाहिर ल्याउने काम गरेका हुन् ।

यतिबेला कक्षा दशका विद्यार्थी आयुषले गरेको यो प्रशंसनीय कामले इन्दौर र भोपाल जेलमा रहेका कैदीको अनुहारमा खुशीयाली छाएको छ । इन्दौर जेलबाट १२ जना कैदी मुक्त हुँदै छन् भने भोपालबाट २ जना भोपलस्थित जेलका कैदी हुन् । डीजी जेलका सञ्जय चौधरीले यहाँ कैदीबन्दीका लागि काम गर्ने थुप्रै संस्था भए पनि आयुषले निकै उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका छन्। 

आयुषले छात्रवृत्तिको रकमले जेलमा रहेका १४ जना कैदीको बाटो बदलिदिएको छ। जेलबाट छुट्ने समय पुगेका तर जरिवाना रकम तिर्न नसकेका कारण थप कैदी जीवन भोगिरहेका कैदी बुधबार जेल जीवनबाट मुक्त हुँदै छन् । उनले छात्रवृत्तिबापत पाएको २७ हजार ८ सय ५० भारतीय रुपैयाँले जरिवाना रकम तिरी कैदीबन्दी मुक्त हुने भएका हुन् ।

एउटा घटना देखेपछि आयुष यस्तो काममा लागेका हुन् । उनले भने, ‘सन् २०१६ मा भोपाल जेल ब्रेक हुँदा एक प्रहरीका जवानको हत्या हुन्छ । उनकी छोरीको बिहे हुने निश्चित भइसकेको थियो । पिताको मृत्युपछि त्यो परिवारमा परेको पीडा देखेर सहयोग गर्न मन लाग्यो ।’ त्यसपछि उनले आफ्नी आमालाई छात्रवृत्तिको रकम दिन चाहेको बताए ।

 आमाले पनि सहमति जनाइन् । त्यो रकम १० हजार रुपैयाँ थियो । स्थिसत उनले सोचेभन्द्या फरक रह्यो । मुख्यमन्त्री शिवराज सिंह चह्वाणले बिहेको लागि सहयोग गर्छन् । कसैले सहयोग गर्छु भनेर संकल्प गरिसकेको त्यो रकम कहाँ दिने भनेर आयुष चिन्तित हुन्छन् । आमाछोराको सल्लाहपछि त्यो रकम त्यही जेलका विपन्न बन्दीकै लागि सहयोग गर्ने निधोमा पुग्छन् । उनले कैद भुक्तान गरिसकेका तर जरिवाना तिर्ने रकम नभएर जेलमै बन्दी हुन विवश कैदीलाई छान्छन् ।

उनले भविष्यमा पनि कैदीबन्दीकै क्षेत्रमा काम गर्ने बताएका छन् । उनले यसअघि २६ जनवरीमा चारजना कैदीबन्दीलाई पनि जेलमुक्त गरेका थिए । आयुषलाई सन् २०१६ मा तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले सम्मान प्रदान गरेका थिए । मुखर्जीले उनलाई राष्ट्रिय बाल पुरस्कार सम्मान पनि प्रदान गरेका थिए । आयुषले भने, ‘गत जनवरीमा चारजना कैदीलाई मुक्त गराएपछि अकल्पनीय खुशी मिल्यो । ती कैदीको परिवारसँगको मिलन सम्झँदा हर्षविभोर हुन्छु ।

 अधिकांश कैदी ६ हजार रुपैयाँ जरिवाना तिर्न नसकेर बाहिर आउन पाएका थिएनन् । त्यसपछि म यस्तो सहयोगमा जुटेको छु ।’ एक कैदीले जेल जीवन भुक्तान गरिसके पनि जरिवाना रकम नभएर दुई वर्षसम्म जेलबाट निस्कन पाएका थिएनन् । असह्रानीय काम गरेको भन्दै उनको सर्वत्र चर्चा हुन थालेको छ । जेहनदार छात्र आयुषले विभिन्न विधामा छात्रवृत्ति पाउने गरेका छन् । आयुषकी आमा प्रहहरी सेवामा कार्यरत छिन् । छोराले जेलमा बसेका कैदीका बारेमा चासो राख्ने गरेको बताउँछिन् ।

४६ वर्षीय श्रीजन सिंहलाई हत्या आरोपमा कैदी जीवन बिताइरहेका थिए । असल आचरण भएको भन्दै केही वर्ष अगाडि नै उनलाई गणतन्त्र दिवसमा रिहा गरिँदै थियो । श्रीजनको परिवारले उनलाई बेवास्ता गरिदियो । जरिवाना तिर्नुपर्ने ६ हजार रुपैयाँ पनि थिएन । पैसा नभएपछि उनले पनि आफूलाई जेलमुक्त नगर्न अनुरोध गरेका थिए । शायद केही समय जेलमा बसेर त्यो ६ हजार रुपैयाँ जुटाउन सकिने उनमा आशा थियो । त्यो देखेर त्यस्ता विपन्न कैदीलाई सहयोग गर्न आयुष उत्साहित हुन्छन् । उनै श्रीजन आयुषले जरिवाना तिरिदिएपछि २०१६ को जनवरीमा जेलमुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.