कच्ची सडकबाट पल्टियो बस, ४७ यात्रु घाइते

कच्ची सडकबाट पल्टियो बस, ४७ यात्रु घाइते

नुवाकोट: कोचाकोच यात्रु बोकेर नुवाकोटको वुङताङबाट त्रिशूली हुँदै काठमाडाँै जाँदै गरेको बस ढुंगेचौतारामा बुधबार दुर्घटनाग्रस्त हुँदा ४७ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ  । घाइतेहरुमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । विदुर नगरपालिका–९ ढुंगेचौतारा लामाटारमा बुङताङबाट काठमाडौं जाँदै गरेको बा२ख २८०४ नम्बरको बस दुर्घटनाग्रस्त  भएको हो ।

मिनिट्रकलाई साइड दिने क्रममा सडक भासिएर ५० मिटर तल खस्दा बसमा यात्रारत ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर सात जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । पाँचवटा एम्बुलेन्समा सातजना गम्भीर बिरामीलाई काठमाडौ पठाइएको हो । 

अन्य ४० जना घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 

बस दुर्घटनामा चालक नुवाकोट साल्मेका २९ वर्षीय ज्ञानबहादुर तामाङसहित बसका सबै घाइते भएका हुन् । दुर्घटनामा वीरवहादुर विक, पूर्ण लामा, होमबहादुर लामा, प्रेमसिंह लामा, छिरिङ तामाङ, विभामाया घले, घिसिङ तामाङलाई थप उपचारका लागि काठमाडौ पठाइएको कुवँरले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.