नुवाकोटमा बस दुर्घटना, एकको मृत्यु, ६५ घाइते

नुवाकोटमा बस दुर्घटना, एकको मृत्यु, ६५ घाइते

ढुंगेचौतारा : नुवाकोटको ढुंगेचौतारामा बुधबार बस दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने ६५ यात्रु घाइते छन्। घाइते मध्ये १२ जनाको अवस्था गम्भीर छ। घाइतेमा अधिकांश महिला तथा बालबालिका रहेका छन्।

 
सदरमुकाम विदुरदेखि १० किलोमिटर पश्चिममा रहेको विदुर नगरपालिका-९ ढुंगेचौतारा लामाटारमा बुङताङबाट काठमाडौं जादै गरेको बा २ ख २८०४ नम्बरको बस दुर्घटना भएको हो। 

दुर्घटनामाका घाइते विदुर नगरपालिका-७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा राजधानीको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार गम्भीर १२ घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ। 

दुर्घटनामा चालक नुवाकोट साल्मेका २९ वर्षीय ज्ञानबहादुर तामाङसहित बसमा सवार सबै यात्रु घाइते छन्। दुर्घटनामा सामान्य घाइते भएका १८ जना घर फर्किसकेका छन्। 

उकालो बाटोमा मिनिट्रकलाई साइड दिने क्रममा बस दुर्घटना भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.