एयर एम्बुलेन्सबाट सर्पदंशका बिरामीलाई काठमाडौं लगियो

एयर एम्बुलेन्सबाट सर्पदंशका बिरामीलाई काठमाडौं लगियो

सिरहा : सिरहको कर्जन्हा नगरपालिका ११ को फुलकुमारी मेमोरियल अस्पतालमा भर्ना भएका सर्पदंशका बिरामीलाई पहिलो पटक एयर एम्बुलेन्सबाट काठमाडौं लगिएको छ। 

पाँच दिन अगाडि धनुषाको पुसवलपुरका १३ वर्षीय दिपेशकुमार सिंह ग्रिन पिट्स भाइपर (स्थानीय भाषामा सुगबा सर्प)ले टोक्दा घाइते भएका थिए। 

अभिभावकले उपचारको लागि कर्जन्हा नगरपालिकाकै बन्दीपुरको सैनिक सर्पदंश उपचार केन्द्रमा भर्ना गरे। उपचारकै क्रममा सिंह मंगलवार थप विरामी भएपछि फुलकुमारी अस्पतालमा रेफर गरियो। बुधबार फुलकुमारी अस्पतालले काठमाडौं रेफर गरेको हो। 

फुलकुमारी अस्पतालका मेडिकल अधिकृत शिवशंकर साहका अनुसार मंगलवार दिउँसो २ बजे अभिभावकको आग्रहमा अस्पतालले एयर एम्बुलेन्स झिकाएर काठमाडौं लगेको हो। सिंहको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइराखेको छ। 

बान्ता हुने, फरक खालको स्वभाव देखाउने गरेपछि अस्पतालले काठमाडौं रेफर गरेको डाक्टर मनोज चौधरीले जानकारी दिए।

अहिले समयमा उपचार हुन नसक्दा अधिकांश सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ। एयर एम्बुलेन्सको सेवा सुचारु भएपछि बिरामी बचाउन सकिने चिकित्सकको भनाइ छ। 

उपेन्द्र महतोले आफ्नी आमाको नामले स्थापना गरेको फुलकुमारी मेमोरियल ट्रष्टबाट नै सिरहाको कर्जन्हामा फुलकुमारी मेमोरियल अस्पताल र काठमाडौंस्थित मेडिसिटी अस्पताल सञ्चालन गरेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.