काठमाडाैंको सडक विस्तार : ठेक्का आठ अर्ब, खर्च पौने तीन अर्ब
काठमाडौं : उपत्यकाको सडक विस्तार गर्न तीन वर्ष अगाडि करिब आठ अर्ब रुपैयाँ खर्च गर्ने गरी लागेको ठेक्कामा निर्माण अवधि सकिने समयसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीन वर्ष अघि लगाएका विभिन्न १० वटा सडक विस्तार गर्न लगाएको ठेक्कामा गत असारसम्म न्यूनतम पाँचदेखि अधिकतम ८५ प्रतिशतसम्म प्रगति भएको छ ।
यो सडक गत असार मसान्तसम्म निर्माण सक्नुुपर्ने भए पनि विभिन्न कारण देखाएर आयोजनाले एक वर्षका लागि समयसमेत थप गरेको छ । तीन वर्षमा अधिकांश सडकको १० देखि ५० प्रतिशतसम्म मात्रै काम भएको यो सडक अबको एक वर्षमा पूरा गर्नुु चुुनौतीपूर्ण हुने आयोजनाको भनाइ छ । आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले अन्नपूर्णलाई दिएको जानकारीअनुुसार अधिकांश सडकको अबरोध नै प्रगतिको मुुख्य बाधक हो । तीन वर्ष अगाडि ठेक्का लागेका सडकमा अहिलेसम्मको न्यून प्रगति हुुनुुमा स्थानीयको संगठित विरोध, अदालतको आदेश र साइट क्लियर नहुुनुुलगायत कारण भएकाले म्याद थप गर्न बाध्य भएको श्रेष्ठको भनाइ छ ।
उनका अनुुसार धेरैजसो सडक कालोपत्रे गर्ने अवस्थामा पुुगेका छन् । घर भत्काउन नपाएका र सडक निर्माणमा अबरोध भएका स्थानमा जे जस्तो अवस्थामा छन्, त्यही अवस्थामा कालोपत्रे गरेर धुुवाँधुुलो कम गर्न लागिएको छ । तीन वर्षदेखि निरन्तर सडकमा बाधा अबरोध रहेकाले बाधा नभएको स्थानमा बाटो पिच गर्ने र यसपछि अन्य स्थानका लागि पनि दबाब पर्न सक्ने बुुझाइ आयोजनाको छ ।
आयोजनाका अनुुसार जम्मा सात सय मिटरको सडकसमेत तीन वर्षदेखि बन्न सकको छैन । आयोजनाले २८ असार २०७३ मा ठेक्का लगाएको सात सय ४२ मिटर सडक समयमा नै नसकिएका कारण एक वर्षको म्याद थप्नुुपरेको छ । यो सडकमा ८५ प्रतिशत प्रगति भइसकेको भए पनि अझै अवरोध नहटेकाले कालोपत्रे गर्न बाँकी रहेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आयोजनाले अगाडि बढाएको सडकको सबैभन्दा बढी प्रगति भएको यही सडक हो । अन्यको भने बढीमा ४० प्रतिशत मात्रै प्रगति छ । यस्ता सडकमा एउटै सडकको एउटा खण्डमा ६० प्रशितशत प्रगति भएको हुुन्छ भने सोही सडको अर्को खण्डमा १०÷१५ प्रतिशत मात्रै प्रगति भएको पनि पाइएको छ ।
आयोजनाले अगाडि बढाएको जम्मा ८३ किलोमिटर सडक बनाउन सात अर्ब ९४ करोड ५७ लाख ८१ हजार रुपैयाँमा ठेक्का लगाएको छ । यो रकममध्ये हालसम्म मुुस्किलले दुई अर्ब ७९ करोड ७६ लाख ७१ हजार मात्रै खर्च भएको उपत्यका सडक विस्तार आयोजनाको प्रगति विवरणमा उल्लेख छ ।
आयोजनाले अगाडि बढाएका यस्ता सडक सिंगलदेखि एउटैमा पाँचवटा प्याकेजसम्म ठेक्का लागेका छन् । सडक विस्तारका क्रममा अहिलेसम्म आधा पनि काम नसकिएको कारण देखाउँदै आयोजनाले विभिन्न १० वटा सडकको एकैपटक एक वर्षसम्मको समय थपेको छ ।
आयोजनाले ठेक्का लगाएका त्रिपुुरेश्वर–कलंकी–नागढुुंगा सडकको चारवटा प्याकेज, चाबहिल–जोरपाटी–साँखुु सडकखण्डको चारवटा प्याकेज, लगनखेल सातदोबाटो सडकको एउटा प्याकेज र बिजुुली बजारमा निर्माण भइरहेको धोविखोला पुुलको गरी एकैपटक तीन सडकको नौ र एक पुुलको गरी १० वटा ठेक्काको समय एक वर्ष थपेको हो । यी सडक आयोजनले गरेको खर्च प्रगति र भौतिक प्रगति करिब उस्तै छ । ठेक्का तोड्न पनि यसपछि अर्को कम्पनीले काम गर्ने अवस्था नभएको र हर्जाना लगाएर काम पूरा हुुने अवस्था नभएकाले समय लम्बाउनुुको विकल्प नभएको उनको भनाइ छ ।
ठेक्का लगाएपछि डिजाइनका कारण ढिला भएका, साइट क्लियर नभएका, अदालतको आदेशले सडक निर्माण तथा विस्तार कार्य रोकिएका र राम्रो प्रगति गर्दागर्दै पनि समयमा नै नसकिएका र प्रगति नदेखिएको पनि उनले बताए । काठमाडौंजस्तो सुुविधासम्पन्न स्थानमा त तीन अगाडि नै निर्माण तथा विस्तार सुुरु भएका सडकको प्रगति निराशाजनक हुुनुु भनेको हामी आफैलाई लाजमर्दो अवस्था सिर्जना भइरहेको श्रेष्ठ बताउँछन् । अदालतको आदेशले सडक निर्माण रोकेको र गत वर्ष असोज पहिलो साता भएको अदालतको फैसलाको पूर्ण पाठ अहिलेसम्म नआएकाले पनि प्रगति निराशाजक देखिएको हो ।