एसियाडमा जम्बो टोली

एसियाडमा जम्बो टोली

काठमाडौं : एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा पदक तालिकामा हरेक संस्करणमा पछि पर्दै आएको नेपाल सहभागिताको संख्यामा सधैं अगाडि देखिएको छ। भदौ २ देखि १७ सम्म इन्डोनेसियामा आयोजना हुने १८औं एसियाडमा नेपालबाट कुल दुई सय ८५ खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएका छ। राखेपका अनुसार एसियाडमा नेपालबाट विभिन्न २९ खेलका एक सय ८५ खेलाडी, ४८ प्रशिक्षक, २४ व्यवस्थापक, २७ अफिसियल र एक दोभाषे छन्।

१८औं एसियाड इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्वाङ सहरमा हुँदैछ। एसियाडमा नेपालसहित ४५ देशको सहभागिता रहनेछ। नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ। नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाइम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ।

यी खेलमध्ये लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाइम्बिङ र स्केटबोर्ड पालेम्वाङमा हुनेछ बाँकी खेल जकार्तामा हुनेछ। एसियाडको तयारी र सहभागिताका लागि सात करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। त्यसमध्ये सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराएको बताइएको छ।

नेपालले सन् १९५४ को दोस्रो र १९६२ को चौथो एसियाडबाहेक सबै संस्करणमा भाग लिँदै आएको छ। तिनमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट तीन कांस्य पदक जितेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.