रुकुमको अवरुद्ध सडक खुल्यो

रुकुमको अवरुद्ध सडक खुल्यो

रुकुम (पश्चिम) : अविरल बर्षापछि आएको पहिरोले अवरुद्ध भएको रुकुम पूर्व र पश्चिमको यातायात सेवा बिहीबार दिउँसोबाट सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीका अनुसार राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर–सल्ले सडक अवरुद्ध भएको थियो। मुसीकोट नगरपालिका ११ पितिबाङ्ग खोला नजिकै र मुसीकोट नगरपालिका १२ बैरागी ठाटी नजिकै पहिरो झरेपछि रुकुम दुबै जिल्लाको अवतजावत बन्द भएको थियो। 

मुसीकोट नगरपालिकाले बिहानैदेखि डोजर लगाएर सडक खोल्न गरेको प्रयास सफल भएपछि यतिबेला रुकुमसम्मको आवतजावत साविककै अवस्थामा सुचार भएको छ। बर्षा सुरु भएसंगै पहिरो झर्न सुरु भएका यी दुई स्थानमा थप ठूलो पहिरो झर्दा रुकुम आउने यात्रुलाई सास्ती भएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.