आलु चिप्स फ्याक्ट्रीमा आगलागी
विराटनगर : मोरङको विराटनगर महानगरपालिका ३ मा संचालन गरिएको आलु चिप्स फ्याक्ट्रीमा बिहीबार आगलागी भएको छ।
खगेन्द्र आचार्यको एक तले घर भाडामा लिएर नरेन्द्र श्रेष्ठले संचालन गरेको फ्याक्ट्रीमा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए।
आलु चिप्स बनाउन प्रयोग गरिने सामान र एउटा जेनेरेटर समेत जल्दा दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिन प्रहरी, दमकल र स्थानीय बासिन्दालाई डेढ घण्टा लागेको थियो।