नापीका हाकिम १४ हजार घुससहित समातिए
काठमाडौँ : रौतहट सदरमुकाम गौरस्थित नापी कार्यालयका अधिकृत धीरेन्द्रकुमार लाल १४ हजार घुससहित पक्राउ परेका छन् ।
अंशवण्डा गर्ने सिलसिलामा जग्गा रेखाङ्कन तथा कित्ताकाटका लागि सेवाग्राहीसँग १४ हजार रुपैयाँ घुस लिँदालिँदै लाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बिहीबार पक्राउ गरेको हो ।
घुसवापतको रकम लिइसकेको अवस्थामा नापी कार्यालयबाटै उनलाई पक्राउ गरी हेटौँडास्थित कार्यालयमा ल्याएर बयान लिने काम भइरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।