फैसला कार्यान्वयनमा योगदान दिएका दुर्इ प्रहरी अधिकृत सम्मानित
पर्सा : अदालतको फैसला कार्यान्वनमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित पर्सा जिल्ला अदालतले दुर्इ प्रहरीलार्इ सम्मान गरेको छ ।
वडा प्रहरी कार्यलय श्रीपुरमा कार्यरत प्रहरी निरीक्षक कुमारप्रसाद मैनाली र जिल्ला प्रहरी कार्यलय पर्साबाट सरुवा भइ हाल प्रहरी प्रधान कार्यलय कानुन शाखामा कार्यरत प्रहरी उपरीक्षक डा. गणेश रेग्मीलार्इ पर्सा जिल्ला अदालतले सम्मान गरेको हो ।
आर्थिक बर्ष २०७४।०७५ मा अदालतबाट लागेको कैद, दण्ड जरिवना असुलीमा पुर्याइएको सहयोग र योगदानको कदर गर्दै अदालतले प्रहरी उपरीक्षक डा. रेग्मी र प्रहरी निरीक्षक मैनालीलार्इ प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ ।
गत कार्तिकमा सरुवा भइ वडा प्रहरी कार्यलय श्रीपुरमा आएका प्रनि मैनालीले १० महिनाको अवधिमा तीन महिलासमेत ४७ फरार अपराधीलार्इ पक्रउ गरी अदालत बुझाएका थिए ।
१० महिनाको अवधिमा वडा प्रहरी कार्यलय श्रीपुरले अपहरण तथा शरीर बन्धक मुद्दाका ३, कर्तव्य ज्यान मुद्दाका १, डाँका मुद्दाका १, लागूऔषध गाँजा मुद्दाका २, वन मुद्दाका ३, नकवजनी चोरी मुद्दाका २, केही सार्वजनिक अपराध मुद्दाका ७, कुटपिट लुटपाट मुद्दाका १३ र कीर्ते मुद्दाका ३ अभियुक्तलार्इ पक्राउ गरेको छ ।
त्यसैगरी सवारी ज्यान मुद्दाका २, गाली बेइज्जती मुद्दाका १, नागरिकता मुद्दाका २ र जालसाजी मुद्दाका ७ गरी ४७ जाना फरार अपराधी बुझाइ २९ वर्ष ९ महिना कैद तथा ५ लाख ७८ हजार १२१ रुपैयाँ ६० पैसा जरिवाना असुल गराएकाले सम्मान गरिएको हो ।