समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं : १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित भएपछि अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

इन्डोनेसियाको विबावा रंगशालामा बिहीबार भएको खेलमा भियतनामले नेपाललाई खेल अवधिभर दबाबमा राखेको थियो । नेपालले दुवै हाफमा एकएक गोल खाएको थियो ।

पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिए पनि नेपालले गोलको खडेरी भने तोड्न सकेन । निकै फितलो प्रदर्शन गरेको नेपालले खेलको ३१ र ६३औं मिनेटमा गोल खाएको थियो । भियतनामका लागि आन दुक एग्युएनले ३१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६४ औं मिनेटमा फान भान दुकले गोल गर्दै भियतनामको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफमा भियतनामले केही उत्कृष्ट प्रहार गरेको थियो । लगातार पोस्टमा आक्रमण हुँदा कप्तान तथा गोलरक्षक किरण चेम्जोङ निकै व्यस्त बन्नु परेको थियो । लगातार दोस्रो खेलमा हार बेहोरेपछि अघिल्लो चरण पुग्ने नेपालको लक्ष्यमा पनि धक्का लागेको छ । नेपाललाई पराजित गरेसँगै भियतनाम भने अघिल्लो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा भियतनामले पाकिस्तानलाई ३—० गोल अन्तरले पराजित गरेको थियो ।

नेपाल भने पहिलो खेलमा जापानसँग १—० गोल अन्तरले पराजित भएको थियो । यू-२३ टोलीबीचको प्रतिस्पर्धामा नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग बहादुरीपूर्वक खेलेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई जनही एक सय अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । एन्फाले नेपाली टोलीले भियतनामलाई हराए जनही एक सय ५० र पाकिस्तानलाई हराएमा एक सय अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो ।

एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको समूह डि मा नेपालसहित जापान, भियतनाम र पाकिस्तानसँग रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग अगष्ट १९ मा खेल्नेछ । एसियाड फुटबलमा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली र चार उत्कृष्ट तेस्रो टोली अघिल्लो चरणमा पुग्नेछन् ।

नेपाली टोली तीन महिना लामो घरेलु तयारी गरेर थाइल्यान्ड हुँदै एसियाडमा सहभागी हुन इन्डोनेसिया पुगेको हो । नेपालले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । नेपाल दुईवटै अभ्यास खेलमा पनि पराजित भएको थियो । तीनजना सिनियर खेलाडी राख्न पाउने प्रावधानअनुसार नेपालले कप्तान एवं गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई टोलीमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.