सडक निर्माणका सावेल लागेर एकको मृत्यु

सडक निर्माणका सावेल लागेर एकको मृत्यु

मुगु : छाँयानाथ रारा नगरपालिका -१ ठिनी गाउँमा सडक खन्ने क्रममा चोट लागेर एकजना मजदुरको मृत्यु भएको छ। ग्रामीण पहुँच कार्यक्रमअन्र्तगत गमगढी धैन धुलाचौर सडक खण्डअन्र्तगत सदरमुकाम गमगढीस्थित छायानाथ रारा नगरपालिका-१ ठिनी क्षेत्रमा सडक निर्माणका क्रममा कालिकोट, चंचल झर्ना गाउँपालिका- ६ का २५ वर्षीय पदम बुढाको चोट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सडकमा काम गर्ने क्रममा बिहीबार अपरान्ह सावेल पेटमा लागेर गम्भीर चोट लागेका बुढालाई तत्काल जिल्ला अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा शुक्रबार बिहान बुढाको मृत्यु भएको प्रहरी जनाएको छ।

मृतक बुढाको शव जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टम पछि आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयलले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.