ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

रुकुम(पश्चिम) : रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–४, सालघारीमा शुक्रबार अपरान्ह रा १ त ३१०६ नम्वरको ट्याक्टर दुर्घटना हुँदा आठबीसकोट नगरपालिका–१, स्यालाखदीका ३८ बर्षीय राजकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ । 

बाँफिकोट गाउँपालिका–४, कै छिनखेतबाट ३ नम्वर वडाको स्यार्पू दहतर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक आठबीसकोट नगरपालिका–२, का बलजित बिक गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.