समयमै मल दिन भारत सहमत

समयमै मल दिन भारत सहमत

काठमाडौं : निर्धारित समयमै नेपाललाई रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ । नेपाल–भारत संयुक्त कार्यदलको शुक्रबार काठमाडौंमा सम्पन्न सातौं बैठकमा यस्तो सहमति भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको मागअनुसार नै मल दिन भारत सहमत भएको छ । नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा.योगेन्द्रकुमार कार्की र भारतीय पक्षबाट कृषि तथा किसान कल्याण मन्त्रालयका सहसचिव निराजा अदिदले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

भारतबाट आयात हुने रासायनिक मल समयमै उपलब्धता र ढुवानीसम्बन्धी समस्या समाधानका लागि बिशाखापट्टनम वन्दरगाहको प्रयोग र ढुवानीका लागि रेलवे ¥याक उपलब्धता गराउन पनि भारत तयार भएको छ । हाल रक्सौल नाकावाहेक जोगवनी र नेपालगन्ज नाकाबाट समेत मल ढुवानीका लागि नेपालले प्रस्ताव गरेको छ । यस्तै सुनौली, जोगवनी र रुपैडिया नाकाबाट मल आयातको व्यवस्था, मल र प्याकेजिङका सामग्रीका विषयमा लाग्ने कर छुट दिने विषयमा पनि सहमति भएको छ ।

द्विपक्षीय बैठकले खाद्य परीक्षण प्रयोगशाला प्रमाणपत्रको आपसी मान्यताका विषय अघि बढाउने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता तेजप्रसाद सुवेदीले खाद्य वस्तुको निरीक्षण, परीक्षण र प्रमाणीकरण प्रणालीमा संयुक्त सम्झौतासम्बन्धी तयार पारिएको दस्तावेज भारतीय पक्षले सुझावसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पठाइसकेको जानकारी दिए ।

यसरी खाद्य विभागले प्राप्त गरेको उक्त दस्तावेजमा सरकारको राय सुझाव समावेश गरी अन्तिम रुप दिन पुनःभारतीय पक्षलाई उपलब्ध गराइएको छ । भारतीय पक्षले उक्त दस्तावेजमा पुनः आफ्नो राय दिएर केही समयपछि नेपाललाई उपलब्ध गराउने तयारी भएको छ । भारतले उपलब्ध गराउने दस्तावेज १५ दिनभित्र अन्तिम रुप दिएर द्विपक्षीय सम्झौताप्रक्रिया अघि बढाउने सहमति भएको छ ।

बैठकले पशुपन्छी क्षेत्रको विकासका लागि पाइलट प्रोजेक्ट सञ्चालन गर्ने सहमति जनाएको छ । संघीय प्रणालीमा प्रवेश गरेको नेपालको कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यालयको सुदृढीकरण तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि नेपालले विस्तृत कार्ययोजना भारतीय पक्षलाई उपलब्ध गराउनेछ ।

  • सहमति भएका विषय
  • उच्च शिक्षामा सहकार्य
  •  कृषि अनुसन्धान तथा विकास
  •  प्राँगारिक कृषि प्रवद्र्धन
  •  रासायनिक मलको आयात र ढुवानी
  • परीक्षण प्रयोगशालाको आपसी मान्यता
  •  क्वारेन्टाइन थप्ने र कृषि वस्तु समावेश गर्ने
  • पशुपन्छी क्षेत्रमा पाइलट प्रोजेक्ट

संयुक्त कार्यदलले कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि उच्च शिक्षामा सहकार्य गर्ने विषयमा पनि सहमति जनाएको छ । यसअनुसार नेपालले कृषिमा उच्च स्तरको शिक्षा (स्नाकोत्तर र विद्यावारिधी) का लागि वैज्ञानिक र विद्वान विनिमय कार्यक्रम प्रस्ताव गरेको थियो । भारतले उक्त कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको वार्तालाई निरन्तरता दिँदै नेपालले पहिचान गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय कृषि विज्ञान अनुसन्धान प्रतिष्ठानलाई मान्यताप्राप्त विश्व विद्यालय बनाउने विषयमा भारतका तर्फबाट विस्तृत परियोजना तयारीका लागि अवधि तोकिएको छ । यसअघि यो कार्यदलको छैठौं बैठक नयाँ दिल्लीमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.