केरुङ–काठमाडाै रेलमार्ग सम्भव

केरुङ–काठमाडाै रेलमार्ग सम्भव

काठमाडौं :  केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्भव तर जटिल देखिएको छ । चीनले तयार पारेको केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख छ । चीनले तयार पारेको यो प्रतिवेदन एक साता आगडि नै नेपालाई दिइसकेको छ । यही प्रतिवेदनमाथि थप छलफल गर्न नेपाली प्रतिनिधिमण्डल शनिबार चीन प्रस्थान गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारी नेतृत्वको टोलीमा रेल विभागका महानिर्देशक अनन्त आचार्य, मन्त्रालयका सहसचिव र विभागका इन्जिनियरसहित सात जना सहभागी छन् । यो प्रतिवेदनले अहिलेसम्मकै जटिल र कठिन रेलमार्ग भए पनि चिनियाँ पक्षले यसलाई बनाएर नयाँ अनुभव लिन चाहेको भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारीले बताए । चीन प्रस्थान गर्नुअघि अधिकारीले अन्नपूर्णसँग भने, ‘प्रारम्भिक प्रतिवेदनले रेलमार्ग बनाउन निकै जटिल रहेको र खर्च अन्यत्र बनाएका रेलमार्गको तुलनामा अधिक हुने भनिएको छ ।

‘आर्थिक लाभका दृष्टिले हेर्ने हो भने तत्काल यो रेलमार्ग निर्माणको सम्भावना नभए पनि कूटनीतिक हिसाबले र अन्तर्राष्ट्रिय रेलमार्गको सञ्जालमा नेपाललाई जोड्न निम्ति अत्यावश्यक देखिन्छ’, सचिव अधिकारीले भने । यो रेलमार्ग बनाउन कठिन भए पनि चीनले अहिलेसम्मको असहज अवस्थामा रेलमार्ग बनाएको अनुभव लिन चाहेको र नेपालको पनि राष्ट्रिय महŒवको विषयका रूपमा केरुङ–काठमाडौं रेलमार्ग अगाडि सारेकाले निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक भएको उल्लेख छ । चीनको सियानमा हुने एक गोष्ठीमा यही रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन विषयमा केन्द्रित रहेर प्रस्तुतीकरण हुनेछ । यस प्रतिवेदनपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई पक्षीय छलफल गर्न टोली चीन प्रस्थान गरेको हो ।

नेपालको ट्रान्सहिमालय रुटमा पर्ने यो रेलमार्ग भौगोलिक बनावटले पनि निर्माणमा कठिन देखिएको छ । भारतीय र तिब्बतियन प्लेट वार्षिक १७ देखि २२ मिलिमिटर सरिरहेको हाम्रो नापी विभागको सर्वेक्षणले देखाइसकेको छ । यही शक्तिका कारण बेलाबेला भूकम्प जाने गर्छ । यही कठिन भूबनोटमा चिनियाँ रेल ल्याउनु आफैमा चुनौतीपूर्ण रहेको पनि प्रतिवेदनले आंल्याएको उल्लेख छ । यस अघि भारतीय र चिनियाँले जति रेलमार्ग बनाएका छन् । सबै आफ्नै सीमाभित्र बनाएका छन् । अब यसलाई नेपालसँग जोडेर ल्याउनुपर्ने अवस्था छ । यो भुटानदेखि अफ्गानिस्थासम्म फैलिएको हिन्दूकुशको टेक्टोनिक प्लेटमा छ । यही प्लेट क्रस भएर यो चिनियाँ रेलमार्ग बन्नुपर्ने भएकाले पनि निर्माण चुनौतीपूर्ण छ ।

यो रेलमार्गलाई आर्थिक व्यावहारिकताका दृष्टिले हेर्दा नेपालले फाइदा लिन सक्ने अवस्था तत्काल देखिएको छैन । हामीले रेलबाट के पठाउने, कति पठाउने र केबाट लाभ लिने भन्ने अझै स्पष्ट भइसकेको छैन । यो मार्गलाई अन्तर्राष्ट्रिय रेलवे सञ्जालसँग जोड्न तथा नेपालकै राष्ट्रिय प्राथमिकताको हिसाबले जरुरी छ । यो रेलमार्गलाई भारतको उत्तरी भूभागबाट नेपालकै बाटो हुँदै साइबेरियासम्म रेलैरेल जान सकिन्छ । एसियादेखि युरोपसम्मको सञ्जालमा जोड्न पनि नेपाललाई यो अन्तर्राष्ट्रिय रेलवे नेटवर्क चाहिएको रेल विभागका उच्च अधिकारीले जानकारी दिएका छन् ।

नेपालको ट्रान्सहिमालय रुटमा पर्ने यो रेलमार्ग भौगोलिक बनावटले पनि निर्माणमा कठिन देखिएको छ

यो रेलमार्ग सञ्चालनपछि नेपालले निर्यात गर्ने साधान बढाउन नसके व्यापार घाटा अझै बढ्न सक्छ । यसका लागि नेपालले रेलमार्ग सञ्चालन गर्ने समयसम्मका लागि निर्यातयोग्य सामग्री तयार पार्नुपर्ने चुनौती भने उत्तिकै रहेको छ ।

यो रेलमार्ग अहिले राज्यको आवश्यकता भएकाले आर्थिक रूपमा हुने नाफाघाटालाई नहेरिने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए । उनले भने, ‘चिनियाँ रेल नेपालको लागि अहिलेसम्मकै फरक योजना हो । यो रेलमार्ग बनाएर राज्यले लिने फाइदा र नागरिकलाई पु¥याउने सेवा नै महŒवपूर्ण हुन्छ । रेलमार्गलाई दीर्घकालीन भिजनसँग जोडेर हेर्नुपर्ने भएकाले पनि यसलाई अगाडि बढाउने योजना राज्यकै भएको बुझाइ उपाध्यायको छ ।

सिगात्सेसम्म आइपुगेको चिनियाँ रेल सन् २०२० सम्ममा चीनले नै केरुङसम्म विस्तार गर्दै छ । सोही रेल केरुङबाट रसुवागढी हुँदै करिब ७५ किमिको रेलमार्गबाट काठमाडौंसँग जोड्न नेपाल सरकारले चीनसँग आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ । यही रेललार्य काठमाडौं हुँदै आबुखेरेनीबाट एउटा लाइन लुम्बीनीतर्फ र अर्को लाइन पोखरा पु¥याउने योजना पनि नेपाल सरकारको छ ।

चिनियाँ रेल नेपाल ल्याउने विषयमा यस अघि पटकपटक नेपाली टोलीले औपचारि र अनौपचारिक रूपमा चीनसँग छलफल गरिसकेको छ

यो रेलमार्ग बनाउन चीनले चासो देखिएको भए पनि भर्खरै प्रारम्भिक सम्भावन औंल्याइएको र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउन बाँकी छ । त्यसपछि पनि कुन मोडालिटिमा बनाउने नेपालले कति रकम खर्चने, चीनबाट ऋण वा अनुदान कति लिने भन्ने विषयको टुंगो लगाउनै बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.