सेनाले खोल्यो वैकल्पिक बाटो

सेनाले खोल्यो वैकल्पिक बाटो

बेंसीसहर : निरन्तरको बाढी र पहिरोले मनाङ जाने एक मात्र बेंसीसहर–चामे सडक अवरुद्ध बनेपछि नेपाली सेनाले वैकल्पिक बाटो निर्माण गरेको छ । मनाङमा रहेको रणदल गुल्मका सेनानी दिलीप घलेको नेतृत्वमा ३५ जनाको टोलीले उक्त बाटो निर्माण गरेको हो । घलेले मस्र्याङ्दीको कटानले सडक बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएकाले बाटो निर्माण गरिएको बताए । सेनाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै ५ सय मिटर सडक निर्माण गरेको हो । पहिरो गएको सडकभन्दा २ सय मिटर माथि वैकल्पिक बाटो निर्माण गरिएको घलेले जानकारी दिए ।

पहिरोले बगाएपछि ५ दिनदेखि उक्त सडक बन्द भएको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र घलेले बताए । उनका अनुसार दुई वटा जेसीभीले मस्र्याङ्दीको कटान पन्छाउनुका साथै ढुंगा हटाउने काम थालिएको छ । जतिसक्दो चाँडो सडक खुलाउने तयारीमा जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी र सेना लागिपरेको घलेले बताए । करिब डेढ सय मिटर सडक बगाएको पहिरोले त्रिचुङाल्डाका १२ घर उच्च जोखिममा छ । नजिकै पहिरो गएकाले कोतो गाउँसमेत जोखिममा परेको घलेले बताए ।

पहिरोले बाटो अवरुद्ध बनेपछि कोतो क्षेत्रबाट विद्यार्थी पढ्न आउन नसकेका चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेशकुमार थापाले बताए । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक खड्काबहादुर खत्रीका अनुसार सडक खुलाउन कम्तीमा एक साता लाग्ने छ । पहिरोले सडक बगाएपछि यात्रुहरू मर्कामा परेका छन् । बेंसीसहर–चामे सडकमा खसेको पहिरो र बाढीले स्थानीयलाई मात्रै नभएर चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकसमेतलाई समस्यामा पारेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.